मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.33/5.00)
Text size:-
+
-

राजेश हमाल बने बाघ दूत

फिल्मीखबर, काठमाण्डौ, 2012/07/29

महानायक राजेश हमाललाई विश्व वन्यजन्तु कोष नेपालका सदभावना दूत घोषणा गरिएको छ । तेस्रो बाघ संरक्षण दिवसका अवसर पारेर आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका विच हमाललाई बाघ संरक्षणका लागि सदभावना दूत घोषणा गरिएको हो ।

 

सदभावना दूतको अभिभारा पाएका हमालले अब नेपालमा बढ्दो बाघ चोरी तस्करीको रोकथामका लागि सन्देश प्रवाह गर्नेछन् । कार्यक्रममा सन् २०१० मा १ सय ५५ वटा बाघ रहेकोमा बढेर १ सय ७६ पुगेको जानकारी दिंदै त्यसको सुरक्षाका लागी आम नेपालीको सहयोग चाहिने बताईएको थियो । वन तथा भू-संरक्षण मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा हमालले बाघको संरक्षणका लागी आफ्नो पहल रहने प्रतिबद्धता जनाए ।

 

हमाललाई संरक्षण दूत बनाउनु पूर्व करिब एक महिना अगाडी बाघको मुख्य बासस्थान मानिने बर्दिया राष्ट्रिय निकुञ्ज लगिएको थियो । हमालले निकुञ्जमा पुगि बाघको बारेमा जानकारी लिंदै बाघ जंगलको ठूलो सेलिब्रेटी रहेको बताएका थिए । बाघको अनुहारले नै एउटा परिचय दिने भएकाले बाघ सेलिब्रेटी भएको उनको भनाई थियो । यसअघि तत्कालिन मिस नेपाल जेनिसा मोक्तानलाई सरकारले बाघ संरक्षणका लागि सदभावना दूत नियुक्त गरेको थियो ।