मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पेरिस डाँडामा प्रचण्डसँग भेटघाट

फिल्मीखबर, काठमाण्डौ, 2012/07/29

पार्टी भित्रको आन्तरिक विवादमा फसेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज फिल्मकर्मीलाई टाईम दिएका छन् । अपरान्ह तीन बजे चलचित्र बिकास बोर्डको नेतृत्वमा केही फिल्मकर्मी माओवादी मुख्यालय पेरिस डाँडा पुगी आफ्ना समस्या प्रचण्ड सामु राख्ने कार्यक्रम छ ।

 

यस अघि एमाले अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, काँग्रेस सभापति शुसिल कोईराला तथा राप्रपा अध्यक्ष पशुपति शम्सेर राणालाई भेटेका फिल्मकर्मीले यो अभियानको अन्तिम पाईला स्वरुप प्रचण्डलाई भेट्न लागेका हुन् । विशेषत यो भेटघाट दोलखामा प्राप्त १५ सय रोपनी जग्गामा स्थापना हुन लागेको फिल्म स्टूडियो सञ्चालनका लागि  आवश्यक पर्ने सिड मनी निकासाका लागि केन्द्रित हुनेछ ।

 

साढे दुई अर्ब बजेट लक्ष्य राखिएको उक्त स्टूडियोका लागि पहिलो किस्ता स्वरुप ३५ करोडको रकम सरकार मार्फत पास होस भन्दै बिकास बोर्डले लविङ सुरु गरेको हो । विभिन्न ब्यस्तताका बाबजुत पनि यो अभियानमा हिडिरहेका फिल्मकर्मीहरुको संख्या हिजो अस्तिको भन्दा आज धेरै हुने छ । किनकी नेपाली राजनीतिका सवैभन्दा पावरफुल नेता प्रचण्डसंग ब्यक्तिगत सम्बन्ध विस्तारका लागि पनि यो भेट फिल्मकर्मीका लागि महत्वपूर्ण बन्ने छ ।