मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनिषा कोईरालाको दुई बर्षे बैबाहिक जीवनमा पूर्णविराम !

फिल्मीखबर, काठमाण्डौ, 2012/07/28

अभिनेत्री मनिषा कोईरालाले आफ्नो दुई बर्षे बैबाहिक जीवनलाई पूर्णविराम लगाएको भारतिय अनलाईनहरूले जनाएका छन् ।

 

भारतिय अनलाईन टाईम्स अफ इन्डिय, बलिउड हङ्गामा लगायतका अनलाईनले बैबाहिक जीवनमा टकराव आएपछि मनिषाले डिभोर्सको बाटो रोजेको बताएको छ । दुई बर्ष अघि आफू भन्दा ६ बर्ष कम उमेरका नेपाली व्यवसायी सम्राट दाहालसँग नेपालमा नै धुमधामसँग बिहे गरेकी अभिनेत्री मनिषाले बेला-बेला आफ्नो बैबाहिक जीवनको तिक्ततालाई फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा पोख्दै आएका थिईन् ।

 

अहिले मनिषाले डिभोर्सको कुरा सार्वजनिक गरिसकेकी छैनन् तर उनको निकट साथीले बैबाहिक जीवन अब सकिएको खबर दिएको अनलाईनमा उल्लेख छ । यस्तै अनलाईनका अनुसार डिभोर्सको प्रक्रिया अहिले कानुनी रूपमा अगाडी बढेको छ । मनिषाले डिभोर्स गर्नुलाई भने नौलो रूपले हेरिएको छैन । बिबाह भए लगत्तै धेरैले डिभोर्स हुनसक्ने अंकलन काटेका थिए ।

 

नेपाली फिल्म फेरि भेटौंला र धर्मामा अभिनय गरेकी मनिषाले नेपालमा रहेर नेपाली फिल्म बनाउने बताउँदै आएकी छिन् भने बिभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छिन् । मनिषाले बलिउडमा सौदागर फिल्मबाट अभिनय यात्रा शुरू गरेकी हुन् ।