मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनु र नागरिक युनिट विचको बिबाद साम्य

श्यामसुन्दर गिरी, चितवन, 2012/07/28

निर्देशक विमल पौडेलद्धारा निर्देशित तथा यौवन राजभण्डारी निर्मित फिल्म नागरिकको छायाँकन अन्तिम चरणमा पुग्दा फिल्मकी नायिका अनु शाहले गैर जिम्मेवारीपूर्ण किसिमले गरेको काम र अनावश्यक रुपमा मिडियामा सस्तो लोकप्रियताका लागि नागरिकको बारेमा झुटा बोल्दै हिंडेको प्रति नागरिक युनिटले गुनासो गर्‍यो ।

अनुले सहमति विपरित धेरै सिन खिचेको, सहमति अनुरुप पारिश्रमिक नदिएको, निर्देशक पौडेलले सम्मान नगरेको र १२ दिनको पारिश्रमिकमा ४५ दिन काम गराएको लगायतका कुराहरु मिडियामा भन्दै हिंडेको कुरालाई लिएर नायिका र फिल्म निर्माण युनिट विच ठूलै मनमुटाव पनि भयो । तर अन्तिम समयमा आएर भने अनु र निर्माण युनिटको कुरा मात्र मिलेन कि बाँकी रहेको सुटिङलाई पनि अनुले सकिन् । उनले भनिन्, 'प्रोडक्सनसँगको मनमुटावले सम्पूर्ण युनिटलाई तनाव भयो । युनिटले आफ्नो गल्ति महसुस गर्‍यो भने मैले पनि आफ्नो गल्ति महसुस गरें र सुटिङ सकें ।'
 

नायिका अनुले प्रोडक्सनले आफूमाथी राम्रो व्यवहार नगरेकाले सुटिङमा अवरोध आएको बताईन् । उनले भनिन्, 'मैले सुटिङका समयमा आफ्नो मूल्य केहि देखिन अनि मेरो खासै वास्ता पनि भएन र समयमा पैसा पनि पाईन अनि सुटिङ गर्दिन भनेर हिंडे तर पछि युनिटबाट फोन आयो र सहमती भयो ।' यसै विषयमा निर्देशक पौडेलले अनुले भनेका कुनै पनि कुराहरु वास्तविक नभएको बताए । 'सवै आ-आफ्नै काममा व्यस्त भईन्छ सम्मान भनेर के गर्नुपर्ने हो र ?’, उनले थपे, 'मैले कलाकारलाई सम्मान र व्यवहार समान रुपमा कायम गरेको छु । नायिका पनि आफ्नो काम प्रति जिम्मेवार हुनुपर्यो नि ।'

'सुटिङ छोडेर हिंड्नु गैरजिम्मेवारी हो कि होईन ? र, एकदिन सुटिङ रोकिंदा निर्माणपक्षलाई कति असर पर्छ भन्ने कुरा बुझ्नु पर्दैन ?', निर्देशकले प्रश्न गरे । जहाँसम्म पारिश्रमिकको कुरा छ निर्माण नियन्त्रक सन्तोषका अनुसार पैसा दिंदै आएको तर भनेको समयमा निर्माता नभएको कारण एक दुई दिन ढिलाई भएको हुनसक्ने उनले स्विकारे । 'पारिश्रमिक नदिएको भन्ने कुरा भने होईन र उनले निर्मातासँग निहुँ खोज्नैका लागि अन्तिम क्षणमा आएर पैसा थप्नु पर्ने शर्त राखिन् । जबकि आफ्नो भूमिका सिनको बारेमा पूर्व जानकारी नभई फिल्म त खेलिनन् होला', निर्माण नियन्त्रक सन्तोषले भने, 'अनुको मिडियामा नकारात्मक हल्ला फिंजाएर बदनाम गर्ने षड्यन्त्र हुन सक्छ । अनुले आफू चर्चामा आउने गतिलो माध्यम अपनाएको बताउँदै प्रोडक्सनको तर्फबाट त्यस्तो नराम्रो व्यवहार केहि नगरिएको उनको दाबी थियो ।


निर्माण पक्ष र नायिकाबीचको विवाद नेपाली चलचित्र उद्योगमा कुनै नौलो काम भने होईन यस्ता विवादहरु आईरहन्छन् । जे होस् कुरा मिल्यो त्यसमा नै सम्पूर्ण टिम खुसी हुनुपर्छ । यो मनमुटावले अर्को रूप नलियोस् हाम्रो कामना !