
प्राप्त नम्बरलाई हेर्ने हो भने निर्देशक दिनेश डिसीले मायाज बार मार्फत डिस्टिङ्सन ल्याएका छन् । शुक्रबार मध्यान्न कुमारी हलमा सो फिल्म हेर्न निर्देशक आलोक नेम्वाङ, नयाँ हिरोद्धय राज घिमिरे तथा अनिल थापा, कलाकार शंकर आचार्य सहित केही फिल्मकर्मीको उपस्थिति थियो । यसै क्रममा फिल्मीखबरले उनीहरुलाई सोधेको थियो १०० मा तपाई मायाज बारलाई कति नम्बर दिनु हुन्छ ?
आलोक नेम्बाङ्ग : म यो फिल्मलाई १०० मा ९८ नम्बर दिन चाहन्छु । अहिले बलिउडमा पुन: प्रयोग हुन थालेको मसला ट्रेण्ड यो फिल्ममा पनि प्रयोग भएको छ । विशेषत: मसला ट्रेण्ड कहिलै नमर्ने भएकाले यो फिल्म हेर्न लायक बनेको छ । यो फिल्मको टेक्निकल पार्ट राम्रो छ । मैलै पूर्ण रुपमा ईन्जोय गरे भने दर्शकले अझ गर्न सक्नुहुन्छ । नयाँ हिरो गजित बिष्टले हिरो हुनका लागि गरेको पुरै तयारी मन पर्यो ।
शंकर आचार्य : यो फिल्मको सम्पूर्ण पक्ष राम्रो लागेकाले मेरो तर्फबाट ९९ नम्बर । यो फिल्मको बलिउड शैलीको प्रस्तुती राम्रो लाग्यो । फिल्मको प्रस्तुतीलाई दिनेश डिसीले कसरी गर्नुपर्छ भन्ने कुरा सिकाई पनि दिनुभएको छ । कलाकारको तर्फ नयाँ हिरो गजित बिष्टको कामको बारेमा प्रशंशाको शब्द छैन मसंग ।
राज घिमिरे : मन देखि मेरो तर्फबाट यो फिल्मलाई ९५ नम्बर । स्टोरी प्रजेन्टेशन वा भनौ समग्र डाईरेक्सनको पार्ट राम्रो छ । म्यूजिकको त के कुरा गर्नु सवैलाई थाहा भएकै कुरो हो । नयाँ हिरो गजित बिष्टको बाटो क्लियर भएको छ ।
अनिल थापा : म यो फिल्मलाई एक सयमा ९० नम्बर दिन चाहान्छु । अहिलेको परिस्थितिमा सिङगल स्क्रिन र मल्टीप्लेकस गरी दुई धारका दर्शक छन् तसर्थ दिनेश दाईले दुवै धारका दर्शकले मन पराउने फिल्म बनाउनु भएको छ । म पनि नयाँ भएकाले गजित कामबाट निकै प्रभावित भएँ ।
प्रदीप निरौला : यो फिल्मको सवैभन्दा सवल निर्देशन हो । सञ्चारकर्मी भएका नाताले मेरो तर्फबाट टाईट ७५ नम्बर दिन चाहन्छु । कमजोरी नभएका हैनन् अनि धेरै राम्रो पनि नभनौ तर यतिको नेपाली फिल्म बन्यो भने अर्न्तराष्ट्रिय स्तरमा पनि छाति फुलाउने बाटो भने अवश्य हुनेछ । नयाँ हिरोको काम ठीक छ तर डाईलग डेलिभरीमा अलि सुधार गर्नु पर्छ । यो फिल्ममा करिश्मा मानन्धर र सरोज केसीको अंग्रेजी प्रयोगको भद्धा शब्दमा सेन्सरले किन कैची लगाएन भने प्रश्न चाहि उठाईदिएको छ ।