मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुबईबाट `पहिलो माया हो मेरो` वर्ल्ड प्रिमियर

मनोज अधिकारी, दुबई, 2012/07/27

अन्ततः सुमन सिंह र झरना थापा अभिनित 'पहिलो माया हो मेरो' को दुबईबाट वर्ल्ड प्रिमियर भएको छ l फिल्मले दुबई र दुबई आसपास रहने नेपालीहरुको माया र साथ पायो ।

 

बिगतका दिनमा निरन्तर नेपाली फिल्मको वितरण र प्रदर्शन गर्दै आएको सन हिल्स फिल्म प्रोडक्सनले यो अवसरको जोहो गरेको हो l रामजी लामिछाने निर्देशित यस फिल्म हेर्न नेपाली दर्शकहरु आबुधाबी शहर भन्दा ३०० किलोमिटर टाढा मदिना जायेद भन्ने ठाउंबाट आएका थिए l बस रिजर्भ गरि आएका उनीहरु नेपाली फिल्मको असली दर्शक साबित भए l

 

पहिला पहिलाका फिल्मी शोहरु भन्दा अहिले प्रदर्शनमा आएको 'पहिलो माया हो मेरो' ले दर्शकको माया ज्यादा पाएको आयोजक सुर्य अधिकारी र सुमन खाँडले बताए । दर्शकहरुसंग लिईएको प्रतिक्रियामा फिल्मको गीत संगीत र कलाकारको अभिनयले मन छोएको प्रतिक्रिया आएको छ l दर्शकको राम्रो प्रतिक्रिया आएकाले फिल्मलाई आउदो शुक्रबार पनि रिपिट गरिने भएको छ l फिल्म दुबई शहरको बर दुबई स्थित गोल्डेन सिनेमामा प्रदर्शन भएको थियो l