
पब्लिसिटीमा पूर्ण सफल भएको दिनेश डिसी निर्देशित फिल्म मायाज बारले ओपनिङ उत्साहजनक गरेको छ । एक करोड ३५ लाख बजेटको उक्त फिल्मले राजधानीका १९ पर्दाबाट शत प्रतिशत अकुपेन्सी सहित नाईट शो बाहेक आज १२ लाख ग्रस कलेक्सन गरेको छ ।
यो फिल्मले सिट संख्या र टिकट दरको फरक रेट अनुसार सिभिल मल स्थित क्यूएफएक्स सेन्ट्रोलमा सवैभन्दा बढी २ लाख ग्रस कमाई गरेको छ भने आरधनामा ४ हाजरको ब्यापार गरेको छ । कलंकी सिनेमा हलमा धेरै पछि उत्साजनक ब्यापार मायाज बारले गरेको प्रोप्राईटर मदन शाक्यले जानकारी गराए । शाक्यका अनुसार मायाज बारले एकै दिन ५७ हजारको ब्यापार गरेको छ । यसैगरी अष्टनारायण १ लाख ५६ हजार, गोपीमा १ लाख ८२ हजार, गुणमा १ लाख २२ हजार, गंगामा ५७ हजार, बाराही ४९ हजार, बनेपा २५ हजार, पुष्पाञ्जली १८ हजार, पृथ्वी बौद्ध २० हजार र विश्वज्योतिमा ८५ हजार कलेक्सन गरेको छ । यसैगरी अन्य ८ हलको रिपोर्ट आधिकारिक रुपमा आईसकेको छैन ।
मायाज बारको ब्यापार देख्दा वितरक समेत रहेका सो फिल्मका निर्माता सुनिल मानन्धर दङ्ग छन् । दुवै बर्ग टार्गेट आफ्नो फिल्मले जस्तो यस अघिका फिल्मले पहिलो दिनको ओपनिङ यसरी नगरेको निर्माता मानन्धरको दावी छ । उनले शनिबार हुने ब्यापार शुक्रबार नै देखिएको भन्दै भोलीको ब्यापार दोब्बर हुन सक्ने अनुमान पनि काटे । वितरक आफै भएका कारण उनको शेयर ५५ प्रतिशत हो । स्टारकाष्ट भ्यालु भन्दा पनि निर्देशक दिनेश डिसीको हाईपका कारण यो फिल्मले दुवै बर्गका दर्शक पहिलो दिन तान्न सफल भएको हो । यसै क्रममा यो फिल्मले यो हप्ता यहि शैलीले पिकअप लिएमा राजधानीबाटै आधा भन्दा बढी लगानी रिकभर गर्न सक्छ ।