
कहिले पानीका कारण लफडा त कहिले गाडी दुर्घटनामा लफडा अनि कहिले सुटिङ लम्बिएर लफडा यि यस्तै बिबिध लफडाका बाबुजत फिल्म लफडाको सुटिङ सकिएको छ । बिहिबार फिल्मको प्याकअप गरिएको हो ।
किशोर चौधरीको लेखन तथा निर्देशनमा ४८ दिनमा फिल्मको सुटिङ प्याकअप गरिएको हो । चितवन, हेटौंडा र काठमाण्डौमा सुटिङ गरिएको सो फिल्ममा झरना थापा, मुकेश ढकाल, रागिनी खड्गी, सुनिल थापा, मुकुन्द थापा, सुनिल दत्त पाण्डे, निराजन प्रधान, प्रमोद खड्का, दीपेन्द्र श्रेष्ठ लगायतले अभिनय गरेका छन् । छायाँकनका लागी काठमाण्डौबाट हेटौंडा आउदै गरेको फिल्म लफडा युनिटको टोली मकवानपुरको भिमफेदीमा दुर्घटना हुँदा नौ जना कलाकार घाईते हुँदा निर्माण युनिटलाई ठूलो समस्या परेको थियो ।
समसामायिक प्रेमकथामा आधारित द्धन्दात्मक फिल्म लफडामा किशोर चौधरीको संगीत तथा करियोग्राफी, राजेन्द्र खड्गीको द्धन्द अनि राजु केसीको छायाँकन रहेको छ । फिल्मलाई नारायण खतिवडाले निर्माण गरेका हुन् ।