
२०४० सालमा झापाको भद्रपुरमा जन्मेका नायक निरज बरालले आज आफ्नो २९ औं जन्मदिन मनाउँदै छन् । साँझ परिवारसँगको जमघटमा उनले आफ्नो जन्मदिन मनाउने तयारी गरेका छन् ।
बिहानैबाट थुप्रै साथीभाईको शुभकामना पाएका निरजले पहिलो शुभकामना भने श्रीमती निबेदिताले गरिन् । त्यसपश्चात उनलाई आफ्ना बाबुआमाले शुभकामना दिए । बिहानै कोटेश्वर स्थित महादेवस्थान मन्दिर पुगेर भगवानको आर्शिवाद लिएका निरजले बुबाआमाको पनि आशिर्वाद लिए । निरजले भने, 'छोरोले अझै राम्रो गरोस् भन्दै बुबाआमाले आशिर्वाद दिनुभयो ।'
कुसुमे रूमाल २' बाट फिल्मी क्षेत्रमा प्रवेश गरेका निरजले अहिलेसम्म ब्रेकफेल, दीपशिखा, पराई, फूल र थ्री लभर्समा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको पराई र थ्री लभर्स प्रदर्शनको तयारीमा छन् । थ्री लभर्सलाई उनले आफ्नो करियरको टर्निङ प्वाइण्टको रूपमा लिएका छन् । निरज भन्छन्, 'धेरै समयपछि थ्री लभर्स मार्फत मुख्य भुमिकामा देखिंदै छु त्यसैले पनि यो फिल्मबाट मलाई ठूलो आश छ ।' फिल्म पनि राम्रो बनेकाले आफ्नो करियरमा यसले महत्वपूर्ण भुमिका खेल्ने निरज बताउँछन् ।
यो बर्ष केहि प्रोजेक्टमा समेत व्यस्त हुने निरजको भनाई छ । आईतवार नजिकका साथीभाईलाई 'बर्थ डे ट्रिट' दिन लागेका यि ह्यान्डसम नायकलाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !