मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोजको हिरोईन निशा ?

फिल्मीखबर, काठमाण्डौ, 2012/07/27

विविध कारणले निर्धारित समयमा फ्लोरमा जान नसकेको हिरोईन आउँदो ३५ दिन पश्चात फ्लोरमा जाने पक्का भएको छ । दिनेश डिसीलाई निर्देशकको रुपमा मौखिक अनुबन्धित गरिएको सोफिया सिने आर्टसको सो फिल्म एक महिना अघि नै फ्लोरमा जाने तयारी थियो तर मायाज बारको पोष्ट-प्रोडक्सन नसकिएको साथै फिल्मका लागि लिड हिरोईन नपाएकाले निर्माता रोज राणाले फिल्मको सुटिङ सुरु गर्न सकेका थिएनन् ।

 

यस्तै दुई साता अघि रोजले आफ्ना पितालाई गुमाएका कारण पनि हिरोईन निर्माणको तालिकामा हेरफेर भएको हो । बिहिबार पिताको तेर्‍हौं पुण्य तिथिको अबसरमा उनले फिल्मीखबरसमक्ष आउँदो ३५ दिन पश्चात फ्लोरमा जाने पक्का भएको बताए । केही फिल्मी कलाकारहरुको समेत जमघट रहेको सो माहोलमा उनले भने, 'बुबाको पैतालिस दिनको काम सकिनासाथ सुटिङ सुरु गर्नैपर्छ मैले किनकी अब धेरै ढिला भईसक्यो ।'


यस्तै फिल्मीखबरले पाएको गन्ध अनुरुप रोजको हिरोईन निशा अधिकारी हुने सम्भावना देखिएको छ । तर यो बिषयमा रोजसंग प्रश्न गर्दा उनले निशाले मानेको खण्डमा आफू उनलाई हिरोईन बनाउन तयार रहेको तर दुई पक्ष कुराकानी नभएको भन्दै डिम्पलोमेटिक उत्तर दिए । फिल्मीखबरले सो माहोलमा पाएको गन्ध अनुरुप हिमाल ट्रेकिङबाट फर्किएकी निशाले पनि रोजको फिल्म खेल्ने  कसरत गरिरहेकी छिन् जुन कसरत सफल हुने छाँटकाँट देखिएको छ । तर मात्र यति हो कि रोजलाई निर्देशक र हिरोईनको मनमुटाव अन्त्य गराउन चुनौति रहने छ ।


किन हुँदैछिन् निशा हिरोईनकी हिरोईन ?


चार महिना अघि लुट पार्टीमा फिल्मीखबरकर्मी अनुप भट्टराईसंगको विवादलाई रोजले आफ्नो फिल्ममा कैद गरे । लुकेर तीन वटा क्यामेराले कैद गरिएको सो माहोलका प्रमुख दृश्य हिरोईनमा पनि समावेश गरिने न्यूज आउट भएपछि निशाले अदालत सम्म जाने तर्क दिएकी थिईन् जुन तर्कलाई डाउन गराउन रोजले निशालाई फिल्ममा अनुबन्धित गर्न लागेको पनि बताईन्छ । सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने फर्मुलालाई अपनाउदै रोजले निशाको मुख बन्द गर्न पाँच लाखमा एग्रीमेन्ट गर्ने खबर पनि बाहिरिएको छ । यदि हिरोईन खेल्नका लागि  पाँच लाखमा एग्रीमेन्ट गरे निशाको सो पारिश्रमिक हालको रेट भन्दा दुई गुणा बढि हुने छ ।