
हिरो आर्यन सिग्देल आज पहिलो विदेश भ्रमणमा निस्किएका छन् । उनी को संग विदेश गए त्यो खुल्न सकेको छैन तर बेलुकी साढे सात बजेको फ्लाईटबाट उनी एक हप्ताका लागि कतार उडेका हुन् ।
फिल्मीखबरलाई प्राप्त खबर अनुसार नवराज आचार्यले निर्देशन गर्न लागेको फिल्म कलिउडको लोकेशन हन्टका लागि आर्यन त्यता तर्फ उडेका हुन् । तर आर्यनले कतार उड्नु अघि यि बिषयमा फिल्मीखबरले गरेको विभिन्न प्रश्नमा अनभिज्ञता प्रकट गर्दै भ्रमण बारे लुकाउने खोजे । 'म त घुम्नको लागि निस्कन लागेको हुँ अरु केही हैन', कतार उड्ने तयारी गरिरहेका बेला आर्यनले फोनमा भने । अहिले सम्म नेपालको भुमी नछोडेका आर्यन पहिलो विदेश भ्रमण भएकाले होला फोनमा उनको बोली केही हर्षित अनि केही गम्भीर जस्तो सुनिन्थ्यो ।
फिल्मीखबरलाई प्राप्त खबर अनुसार हाल अमेरिकामा रहेका निर्देशक नवराज आचार्य पनि कतार ल्याण्ड हुदैछन् । नेपाल आउने क्रममा नवराज कतार बस्न लागेको स्रोतको भनाई छ । कतारमा कलिडबाट डेब्यू गर्न लागेका हिरो बिष्णु कार्कीको फ्ल्याटमा उनीहरु बस्नेछन् । एक हप्ताको पिरियडमा आर्यन, बिष्णु र नवराजले कलिउड खिच्नका लागि लोकेशन फाईनल गर्ने बुझिएको छ । सम्भवत भदौ महिनाको अन्त्य तिर कलिउडको सुटिङ स्टार्ट हुने बुझिएको छ तर त्यस अघि आर्यन नवल नेपालको फिल्ममा ब्यस्त हुनेछन् ।
हिरोईन हेरफेरको लफडमा कलिउडकी फष्टकाष्ट हिरोईन नम्रता श्रेष्ठ हुन् भने सेकेन्ड काष्टको बिषयमा कलिउड यूनिटले केही बताईएको छैन । यस अघि सेकेन्ड काष्टमा रिमा विश्वकर्मा लिने बताईएको थियो तर रिमाले पनि उक्त रोल नगर्ने भएपछि निर्देशक आचार्यको टाउको निकै नराम्ररी दुखेको थियो जुन खबरलाई यस अघि फिल्मीखबरले प्रकाशित गरिसकेको छ । कलिउड हिरोईनको नेपाली फिल्मउद्योगमा हुने संघर्ष माथि केन्द्रित भएर बन्न लागेको फिल्म हो ।