मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तेस्रो हप्तामा फेरी आयो बद्रि

फिल्मीखबर, काठमाण्डौ, 2012/07/26

असार २९ को पहिलो हप्ता राजधानीका सात हलमा रिलिज भएको 'तँ त साहै सप्रिस नि बद्रि' लाई दोस्रो हप्तामा पाँच हलले उतारिदिए । जसबाट ब्यापार राम्रो हुँदाहुँदै फिल्म रिलिजको बाढीले फिल्म बगाएपछि निर्देशक शोभित बस्नेत निकै चिन्तित पनि भए । तर अन्य फिल्म भन्दा दर्शक होल्ड गर्ने क्षमता भएकाले पुनः बद्रिलाई भोली शुक्रबार देखि ती हलहरुले रिपिट लगाउँदैछन् ।


निर्देशक शोभित बस्नेतले दिएको जानकारी अनुसार गंगा, अष्टनारायण, बाराही, गोपी, नवदुर्गामा बद्रि पुनः लाग्दैछ । यस्तै बौद्धमा रहेको सिदार्थ हलले फिल्मलाई फ्रेस रुपमा पुनः देखाउने भएको छ । भोली देखि क्यूबाट आएको फ्रेस फिल्मको रुपमा मायाज बार रहे पनि नेपाली फिल्म लाग्ने साना अडिटोरियममा बद्रिलाई रिपिट गरिन लागिएको हो । बद्रि पहिलो हप्ता देखि गुण र कलंकीमा यथावत छ । जसमध्ये कलंकी शेयर उसका लागि निकै फाईदा भएको छ  ।


४० लाख बजेटको सो फिल्मले तेस्रो हप्ता रिपिट पाएपछि लगानी रिकभर हुने कुरामा निर्देशक बस्नेत ढुक्क छन् । उनले दावी गर्दै भने, 'सम्भवत काठमाण्डूमा यसरी रिपिट फिल्म लगाईएको थिएन त्यसैले अब लगानी सुरक्षित हुनेछ ।' बद्रिसंगै मायाज बारको रिलिज ठूला पर्दामा हुनेछ जसको ईनिसियल विजनेस माथि हुने कुरामा कुनै दुई मत छैन तर कमेडी फिल्म बद्रिलाई रिलिज लम्बिएसंगै दोहोर्‍याएर हेर्ने गरेको पनि रिपोर्ट प्राप्त भएको छ ।


मोफसलका २३ वटा हलमा लागेको बद्रि त्यताबाट उत्रिएको छ भने गत हप्ता रिलिज भएका 'हाईवे', 'लक' र 'ज्यान हाजिर छ' को दर्शक होल्ड गर्ने क्षमता पूर्ण रुपमा कम भएकाले बद्रिलाई राजधानीमा  रिपिट गरिएको हो ।