
नेपाल पार्ट सुटिङको पहिलो दिन प्रमिशका एक प्राविधिक करेन्ट लागेर गम्भीर घाईते भएका छन् । विगत ६ बर्षदेखि लाईटमेनको रुपमा कार्यरत २४ बर्षे तीर्थ लामालाई २ सय २० भोल्टको करेन्टले आईसियूमा पुग्ने गरी झड्का दिएको थियो ।
गत मंगलबार दिउँसो देखि चाबहिल आरुबारीमा रहेको भुत बङगलामा उक्त फिल्मको सुटिङ बुधबार बिहान २ बजे सम्म भए पश्चात उनलाई करेन्ट लागेको थियो । पानी परेका कारण सतर्कता अपनाउदा अपनाउदै पनि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागे पश्चात उनलाई जोरपाटी अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज पुर्याएको थियो तर बिहान ३ बजेको समयमा डक्टर नभए पछि उनलाई ओम नर्शिंङ होम लगिएका थियो तर त्यहाँ पनि डक्टर नभएपछि उनलाई सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजमा भर्ना गरिएको थियो । करेन्ट लागेर बेहोस भएका प्राविधिक लामालाई २४ घण्टा पश्चात आईसियूबाट बिहिबार दिउँसो २ बजे निकालिएको छ । नर्मल बेडमा रहेका लामाले फिल्मीखबरसंगको भेटमा भने, 'धन्न बाँचियो आँखा खोल्दा त हस्पिटलमा पो रहेछु ।'