मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

ब्ल्याक मेल प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/07/25

भाद्र २९ गतेका लागि रिलिज डेट तोकिएको फिल्म 'ब्ल्याक मेल' को प्रोमो सार्वजनिक गरिएको छ । सस्पेन्स थ्रील भनिएको सो फिल्मको प्रोमोमा लभ एक्सनलाई देखाईएको छ ।

 

मधुसुदन भट्टराईको पहिलो निर्देशन रहेको सो फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई र सुमन सिंहको मुख्य अभिनय रहेको छ । शिब ढकालको छायाँकन रहेको ब्ल्याक मेलको कथा शिबम अधिकारीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको यो फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्द रहेको छ । अगस्ट २६ तारिखका दिन अष्ट्रेलियामा प्रिमियर गरिने सो फिल्मलाई शरद अधिकारीले निर्माण गरेका हुन् ।

 

यो फिल्मले भाद्र २९ गते अर्को दुई फिल्म 'फेसबुक' र 'बडीगार्ड' सँग प्रतिष्पर्धा गर्नेछ । हेरौं यि तीनको भिडमा जित कस्को हुने हो ।