मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बाबुसँग अनुको लभ

फिल्मीखबर, काठमाण्डौ, 2012/07/25

पछिल्लो समय गायनमा भन्दा अभिनयमा व्यस्त रहेका बाबु बोगटी र अनु शाहको माया प्रितीको गाँठोलाई निर्देशक सचिन राज अमात्यले कसेका छन् । असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'आई एम इन लभ' मा बाबु र अनुको अनस्क्रिन लभस्टोरीलाई हेर्न पाईनेछ ।

 

 

सिल्भर स्क्रिन सिने आर्टस् र शुष्मा इन्टरनेश्नल पिक्चर्सको व्यानरमा विष्णु वस्नेत र शुष्मा कार्कीले निर्माण गरेको सो फिल्ममा सुगम पोखरेल, बाबु वोगटी र सञ्जय श्रेष्ठले संगीत दिएका छन् । सचिनले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । नयाँ भएपनि आफूले राम्रो फिल्म बनाउन भरपूर मेहनत गरेको निर्देशक सचिन बताउँछन् ।

 

फिल्ममा विपिन मल्लको सम्पादन, बिष्णु कल्पितको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा कविराज र पूनम राईको नृत्य रहेको छ । निर्देशक अमात्यकै कथा रहेको सो फिल्मको संवाद र पटकथा दिवस गुरागाईंले लेखेका हुन् ।