मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भाद्र १ मा `हेल्लो प्रकृति` (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/07/25

प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'हेल्लो प्रकृति' यहि भाद्र १ गतेबाट प्रदर्शनमा आउने भएको छ । अहिलेका युवा युवतीको प्रेमकथाको साथमा कमेडीलाई समेत प्रमुखताका साथ प्रस्तुत गरिएको सो फिल्मलाई सुनिल पाण्डेले निर्देशन गरेका हुन् ।

 

दृष्टि प्रोडक्सनको पहिलो प्रस्तुती हेल्लो प्रकृतिमा सुमिना घिमिरेको साथमा डेब्यू गर्दै अनिल थापाले अभिनय गरेका छन् । शिबम अधिकारीको लेखन रहेको  फिल्ममा शुसिल पोख्ररेल र बिजय देउजाको पनि मुख्य भुमिका रहेको छ । यो फिल्मबाट लामो समयपछि संगीतकार भुपेन्द्र रायमाझी कमव्याक भएका छन् । उनले सोल्टिनी फिल्ममा संगीत दिएका थिए ।

 

हेल्लो प्रकृतिमा मकवानपुर र आसपासका प्राकृतिक सुन्दरतालाई कैद गरिएको छ । रामशरण उप्रेतीको छायाँकन रहेको  फिल्मलाई प्रबिन खत्री, श्याम थापा र प्रबिण भट्टराईले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

 

फिल्मको अडियो गीत सुन्नुहोस् - http://www.filmykhabar.com/audio/?sort=ra&search=hello%20prakriti