मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियर स्थिगित मायाज बारलाई यू सर्टिफिकेट

फिल्मीखबर, काठमाण्डौ, 2012/07/25

प्राविधिक समस्या जनाउदै मायाज बार यूनिटले आजको प्रिमियर स्थगित गरेको छ । भब्यताका साथ प्रिमियरको तयारीमा जुटेको उक्त यूनिटले कुन प्रकृतिको प्राविधिक समस्या भएको त्यो भने स्पष्ट खुलाएको छैन । तर, निर्माता सुनिल मानन्धरले प्रिमियरका लागि फिल्मको क्वालिटीमा केही तलमाथि भएको भन्दै आजको प्रिमियर स्थगित गरिएको जनाए ।

 

यस्तै सो फिल्मको मंगलबार साँझ सेन्सर पनि गरिएको छ । 'सेक्स अलवेज सेल्स' भन्ने स्टेटमेन्टलाई फोकस गर्दै प्रोमो फ्यालिएको उक्त फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ । फिल्मको लम्बाई ठीक दुई घण्टा भएको निर्माता मानन्धरले जनाएका छन् । प्राविधिक समस्या आएपछि निर्देशक दिनेश डिसी मिडियाको सम्पर्क बाहिर रहि काममा ब्यस्त छन् । यध्यपी आज साँझ सम्म ती समस्या समाधान भए भोली साँझ सुन्धारा स्थित क्यूएफएक्स सेन्ट्रोल हलमा मायाज बार प्रिमियर गरिने छ ।

 

निर्देशक दिनेश डिसीसंगको मत भिन्नता र निर्माता मानन्धरसंगको गसिपले गर्दा अभिनेत्री निशा अधिकारी सो फिल्मको प्रोमोशनबाट टाढिएकी छिन् । पूर्व तयारी अनुरुप प्रिमियर पोष्टपोण्ड भएपछि मायाज बारबाट डेब्यू गर्न लागेका हिरो गजित विष्टले जय नेपाल हल देखि सिटी सेन्टर र त्यहाँबाट सिभिल मल सम्म गर्ने भनिएको स्केटिङ यात्रा पनि अनिश्चित बनेको छ ।