मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थ डे बेनिशा

फिल्मीखबर, काठमाण्डौ, 2012/07/25

स्वर फिल्मबाट रजतपटमा पाईला टेकेकी नवनायिका बेनिशा हमालले आज आफ्नो जन्मदिन सेलिब्रेट गर्दैछिन् । आजबाट २२ औं बर्षमा प्रवेश गरेकी यि नायिकालाई शुरूमा नै फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको शुभकामना !

 

बिहानै पशुपती मन्दिरमा पुगेर पुजाआजा गरेकी बेनिशाले पारिवारिक जमघटमा आफ्नो जन्मदिन मनाउने छिन् । 'खासै ठूलो कार्यक्रम बनाएकी त छैन तर पनि आफ्ना नजिकका साथीभाई र परिवारसँग बसेर जन्मदिन सेलिब्रेट गर्नेछु', बेनिशाले भनिन्, 'मम्मीले मेरो फिल्म ज्यान हाजिर छ हेर्न आग्रह गर्नुभएको छ सायद दिउँसो फिल्म हेर्न जान्छु होला ।' उनले ड्याडीलाई भने निकै मिस गरिरहेकी छिन् । उनले भनिन्, तीन बर्ष भयो ड्याडीसँग बसेर जन्मदिन मनाउन पाएकी छैन तर पनि उहाँले साबैभन्दा पहिला शुभाकामना दिनुहुन्छ त्यसमा नै चित्त बुझाएकी छु ।'

 

आजका दिनबाट अझ राम्रो काम गर्ने बताउने बेनिशाले साथीहरूबाट आएको अपरिपक्वताको गुनासोलाई सुधार्ने पनि बताईन् । उनले भनिन्, 'साथीहरूले  परिपक्व नभएका कारण दु:ख पाउँछस् भन्ने गरेका छन् त्यसलाई म सुधार्दै लैजाने छु र आगामी दिनमा परिपक्व नारी भएर राम्रो काम गर्नेछु र दर्शकहरूलाई अभिनयले खुसी बनाउने कोशिस गर्नेछु ।'

 

चितवनको गीतानगरमा जन्मेकी बेनिशाले हालसम्म स्वर, ज्यान हाजिर छ, लक, म अनि तिमी सहित दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनी अभिनित दुई फिल्म लक र ज्यान हाजिर छ प्रदर्शन भईरहेका छन् भने म अनि तिमीको सुटिङ बिबिध कारणले रोकिन गएको छ । नवनायिकाको भिडमा राम्रो आश जगाएकी बेनिशा अहिले स्नातक तहमा अध्यननरत छिन् ।