मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बडीगार्ड प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/07/24

एक्सनले भरिपूर्ण फिल्म 'बडीगार्ड' को प्रोमोलाई फिल्मीखबरले सार्वजनिक गरेको छ । प्रतिक्षित फिल्मको रूपमा हेरिएको सो फिल्म भाद्र २९ गते देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । यसै फिल्मबाट डेब्यू गरेका आकाश शाहलाई एक्सन नायकको रूपमा प्रयोग गरिएको रिलिज प्रोमोले देखाएको छ ।

 

सुशिल पोखरेलले निर्माण गरेको 'बडीगार्ड' देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको फिल्म हो । राजेन्द्र उप्रेतीले निर्देशन गरेको सो फिल्ममा आकाशको साथमा सौजन्य सुब्बा, दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको छ ।

 

शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा हिमाल केसीको द्धन्द, बब्बु थापाको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । फिल्मको सुटिङ हेटौंडा, चितवन र काठमाण्डौमा गरिएको हो । निर्माता पोखरेलले बडीगार्ड आफ्नो महत्वाकांक्षी फिल्म भएको बताएका छन् । यो फिल्मसँग ब्ल्याक मेल र फेसबुक २९ गते नै भिड्नेछन् ।