
सोमबार दिउँसो रेड बुलमा बिष मिसाएर आत्महत्या प्रयास गरेका निर्देशक ज्ञानेन्द्र देउजाको अवस्था मंगलबार साँझबाट खतरा मुक्त भएको छ । ८० प्रतिशत स्वास्थ्य सुधार भए पनि उनलाई अझै केही दिन अस्पतालमै राखिने छ । देउजाले क्यासिनोमा ३ करोड हारेर आत्महत्या प्रयास गरेको खबर बाहिरिए पनि पारिवारिक विवादका कारण उनले त्यसो गरेको पनि हल्ला चलेको छ । तर पारिवारिक विवाद के थियो त्यो खुल्न सकेको छैन ।
यध्यपी देउजाले विष सेवन पहिले आफ्नो परिवारसंग निकट रहेको एक ब्यक्तिलाई म्यासेज पठाएको खबर स्वयम उनका छोरा शुलभले खुलाशा गरेका छन् । फिल्मीखरको विभिन्न जिज्ञासामा उनले आत्महत्या प्रयास पहिले म्यासेज पठाएको रेकर्ड बुबाको मोबाईल म्यासेज सेन्ट आईटममा रहेको जनाएका छन् । तर ती ब्यक्ति को हुन् उनले स्क्यान्डल हुने भन्दै खुलाउन चाहेनन् । म्यासेज पठाएको बिषयमा शुलभले भने, 'त्यहि म्यासेज पठाएको मान्छे यहाँ आएको छैन अब के भन्ने ?'
सफ्ट ड्रग साईपर मेथ्रिन प्रयोगका कारण बाँच्न सफल भएका देउजाको आत्महत्या प्रयासले फिल्मी उद्योग स्तब्ध बनेको छ । स्वाभिमानी, निडर तथा भलादमी स्वभावका ज्ञानेन्द्रको स्वास्थ्य अवस्था बुझ्न आज अधिकांश फिल्मकर्मी जोरपाटी स्थित नेपाल मेडिकल कलेज पुगेका थिए ।