
२३ दिने यात्रामा २० दिन सम्म सपनाको शहर भनिने सिङ्गापुरमा सुटिङ गरिएको सुरज सुब्बा निर्देशित फिल्म प्रमिशको नेपाल पार्ट सुटिङ आज देखि सुरु भएको छ ।
केकी अधिकारीमाथि घुमेको उक्त फिल्मको बाँकी ५० प्रतिशत सुटिङ अबको दुई हप्ता सम्म काठमाण्डूको विभिन्न लोकशनमा हुनेछ । स्वदेश फर्किएको एक हप्ता सम्म विश्राममा रहेको उक्त यूनिटमा आज देखि क्रमश: आकाश खवास, विल्सन विक्रम राई, मार्टिन खान र सानु श्रेष्ठले पनि जोईन गर्दैछन् । निर्देशक सुरज सुब्बाको अनुसार आजको सुटिङमा केकी अधिकारी भने उपस्थित हुने छैनन् । सुटिङ चाबहिल आरुबारीको लोकेशनमा भईरहेको छ ।
संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सनको ब्यानमार निर्मित प्रमिशमा सिङ्गापुर प्रहरीमा कार्यरत दुई जवान रमेश राई र नर लिम्बु डेब्यू गर्दै प्रमुख कलाकारको रुपमा अभिनयरत छन् । यसैगरी अनुराग मान सिंह कुवँर पनि फिल्मका नेगेटिभ हिरो रहेका छन् । निर्देशक सुब्बाकै लेखन रहेको सो फिल्म रिभेन्ज ड्रामा शैली अर्न्तगत रहेको बताईएको छ ।