मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्ञानेन्द्र देउजाको अवस्था `वेट एण्ड सि`

अनुप भट्टराई, काठमाण्डौ, 2012/07/24

रेड बुलमा बिष मिसाएर आत्महत्याको प्रयास गरेका निर्देशक ज्ञानेन्द्र देउजाको होस खुलेको छ । सोमबार दिउँसो साढे एक बजेको समयमा उनले काठमाण्डौको गोकर्ण स्थित शहिद पार्क जगडोल डाँडाको जंगलमा विष सेवन गरेका थिए । बिष सेवन गरी अचेत अवस्थामा उनलाई गस्तीमा खटिएको गोकर्ण प्रहरीको टोलीले फेला पारी जोरपाटी अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज उपचारका लागि पुर्‍याएको थियो ।

 

प्रहरीले अस्पताल ल्याई पुर्‍याउदा २ बजेर ४० मिनेट भएको थियो भने उनलाई आईसियुमा सिफ्ट गर्दा बेलुकी ६ बजेर ४० मिनेट भएको थियो । हिम्मतिला निर्देशकले परिचित देउजाले साईपर मेथ्रिन नामक बिष प्रयोग गरेको राउन्ड उपाचारमा खटिएका डक्टर कृष्ण ठाकुरले फिल्मीखबरलाई बताए ।  किटनाशक साईपर मेथ्रिन लुतोको औषधी निर्माणमा पनि प्रयोग गरिन्छ । उक्त बिषादी अन्य बिषादी भन्दा कमजोर हुने डक्टरको भनाई छ । यध्यपी बिष सेवन गरेको धेरै समय पश्चात अस्पताल ल्याइएकाले ७२ घण्टा सम्म देउजाको हेल्थको बिषयमा केही भन्न नसक्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार बिष प्रयोगको असर १४ दिन सम्म हुन्छ त्यस मध्ये ७२ घण्टा सम्म वाच आवरमा राख्नु पर्ने हुनाले देउजाको अवस्था अहिले 'वेट एण्ड सि' भनिएको छ ।


आत्महत्याको कारण बारे अहिले सम्म खुलेको छैन यध्यपी देउजाले क्यासिनोमा तीन करोड हारेको पिडाले आत्महत्याको प्रयास गरेको हल्ला आएको बाहिरिएको छ । फिल्मीखबरलाई प्राप्त खबर अनुसार उनी सोमबार बिहान सम्म नयाँ बानेश्वर स्थित एभरेष्ट क्यासिनोमा थिए जहाँ उनले तीन करोड हारेका थिए । यो खबरलाई पुष्टी भने गरिएको छैन । तर उनका निकटका साथी निर्देशक ओम प्रतिकले उनी जुवाडे नभएको दाबी गरे । यस्तै हाल प्रदर्शन भईरहेको मुना मदनका निर्माता नवराज ढकालले पनि ज्ञानेन्द्र तिहारको समय बाहेक अन्य समय जुवा नखेल्ने मानिस भने ।

 

ज्ञानेन्द्र के कारणले तनावमा थिए उनको परिवारले केही पनि खुलाउन चाहेन । अस्पताल परिसरमा तस्बिर र भिडियो लिन खोज्दा पनि उनको परिवारले मिडियालाई रोक लगायो । विवाद र तनावको घेरो आर्थिक थियो वा पारिवारिक त्यो भोलिका दिनमा खुल्दै जानेछ तर अरुले आत्महत्या गर्दा समेत गाली गर्ने ज्ञानेन्द्र आफैले भने किन आत्महत्या प्रयास गरे भन्ने प्रश्न गम्भीर रहेको अस्पताल परिसारमा भेटिएका निर्देशक सुरेश दर्पण पोखरेलको भनाई छ ।


अस्पतालमा निर्देशक देउजाले छविलाल कन्जुस छैनबाट डेब्यू गराएका हिराईन सुमिना घिमिरे साढे एघार बजे सम्म थिईन् भने प्रोड्यूसर केशव भट्टराई, प्रज्ञा जोशी, कृष्ण चापागाई, जर्नलिष्ट प्रदीप निरौला लगायतले देउजलाई भेटेका थिए । भेटपछि निस्किएका प्रोड्यूसर भट्टराईका अनुसार होस खुलेको देउजाको शारिरीरक अवस्था नर्मल छ भने मानसिक अवस्था पूर्ण रुपमा कन्सस र पूर्ण रुपमा अनकन्सस पनि  छैन्   ।  उता जर्नलिष्ट प्रदीप निरौलाका अनुसार होस खुल्नासाथ देउजालाई दाल खुवाईएको थियो । तर उनको अनुहार भने पूर्ण रुपमा सोयालिङ्ग भएको उनले बताए । मिडियाको भिड बढेपछि अस्पताल प्रशासनले क्यामेरा सहित र मिडियालाई इन्ट्री रोक लगाएका थियो ।


आत्महत्या गर्नेको बिषयमा चिकित्सा शास्त्र के भन्छ ?

जुन ब्यक्तिले एक पटक आत्हत्या गर्दा बाँच्न सफल हुन्छ त्यो ब्यक्तिले दोस्रो पटक अवश्य आत्महत्या प्रयास गर्ने चिकित्सा शास्त्रमा उल्लेख छ । विभिन्न रिपोर्ट र अध्ययन अनुसार सुसाईट एटेम गर्दा बाँच्न सफल ब्यक्तिले समाजबाट एक किसिमको तिरस्कार महसुस गर्ने हुँदा उसले कुनै पनि समय सानो तनावमा सोही प्रकृतिको आत्महत्या प्रयास गर्ने गरेका हजारौ उदाहरण छन् । तसर्थ आत्महत्या प्रयास गरेका ब्यक्तिलाई सहज अवस्थामा पनि सानो तिनो तनावबाट पर राख्नु पर्ने हुन्छ ।