मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नन्दिताले १०८ वटा शिव लिंग बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2012/07/23

भगवान प्रति आस्था राख्ने नायिका नन्दिताले केसी साउन महिनामा ब्रत बस्ने चलनलाई छाडेकी छैनन् । सदाका बर्षमा झैं उनी यस बर्ष पनि ब्रत बसेकी छिन् ।


नन्दिता आज बिहानै पशुपतीनाथको मन्दिर पुगेर पुजाआजा मात्र गरिनन् उनी केहि क्षणका लागि बोल बमको ड्रेस लगाएर बोल बम भन्दै हिडिन् पनि । हातमा हरियो चुरा छमछमी बजाउँदै पशुपती परिसरमा भेटिएकी नन्दिताले व्यस्तताका कारण १०८ वटा शिव लिंग भने बनाउन पाईनन् । उनले भनिन्, '१०८ वटा शिव लिंग बनाउनु पर्ने रहेछ आज भ्याईन अब अर्को सोमबार आएर बनाउँछु ।'

 

शिव लिंग बनायो भने के हुन्छ त ? एकछिन त सोचमा डुबिन् र भनिन्, 'खै त्यस्तो त केहि थाहा छैन चलिआएको परम्परा भएकाले आत्मसाथ गरेकी हुँ ।' साउनमा ब्रत बस्दा राम्रो पति पाईन्छ भन्ने बिश्वास रहेपनि नन्दिता त्यसको लागि ब्रत नबसेको बताईन् । 'राम्रो पतिकै लागि त बसेकी हैन तर पनि पाईन्छ भने राम्रो भो', हाँस्दै नन्दिताले भनिन्, 'म भगवान प्रति आस्था राख्छु त्यसैले पुजाआजा तथा ब्रत बस्छु तर पतिकै लागि हैन ।'

 

साउन महिना आफूलाई निकै रमाईलो लाग्ने पनि नन्दिताले बताईन् । उनले भनिन्, 'साउन भन्ने बित्तिकै ब्रत मात्र हैन चाडबाड र हरियालीको मौसम हो । त्यसैले पनि मलाई यो महिना निकै मन पर्छ ।' जे होस् नन्दिताले ब्रत जुन कारणले बसे पनि उनले राम्रो श्रीमान पाउन हाम्रो कामना !