मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

भट्टीवालीसँग दयाहाङको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2012/07/23

'मलाई भिडियो गर्न मन लाग्दैन र गर्न सक्छु भने कन्फिडेन्ट पनि छैन तर पनि अनुभवको लागि गरें', शनिबार संगीता श्रेष्ठको निर्देशनमा म्युजिक भिडियोको अनुभव लिएका अभिनेता दयाहाङ राईले फिल्मीखबरसँग अनुभव साट्दै भने, 'संगीताजीले कन्भिन्स गर्नु भयो र रिक्स लिएर काम गरें । एउटा छुट्टै रमाईलो अनुभुती भयो ।'


यता भिडियोमा भट्टीवाली बनेकी नायिका बिनिता बरालले दयासँग काम गर्दा रमाईलो लागेको बताईन् । उनले भनिन्, 'थिएटरका कलाकारसँग भिडियोमा काम गर्न पाउनु पनि नयाँ अनुभव हो ।' दुई बर्ष पछि भिडियो गरेकी बिनिताले दयासँगको अनुभव सुनाउँदै भनिन्, 'उहाँ निकै क्यूट देखिनु भएको छ । साँच्चिकै हिरो देखिनुभएको छ ।'


अजय लिम्बुको स्वरमा रहेको सो भिडियोमा दयाहाङ भट्टीवाली बनेकी बिनितासँग खुलेर डान्स गरेका छन् । यसअघि बिनितासँग दुई वटा सर्ट फिल्म र एउटा भिडियोमा काम गरेकी निर्देशक संगीतका लागि दयासँगको अनुभव भने नयाँ थियो । 'डान्स गर्न सक्दिन भन्दै हुनुहुन्थ्यो तर मलाई कन्फिडेन्ट थियो कि उहाँलाई नचाउन सक्छु भनेर', संगीताले भनिन्,'अन्तत मैले दयाजीलाई नचाएँ र उहाँ राम्रो पनि नाच्नु भयो ।' भिडियोमा मंगोलियन फेस चाहिएकाले पनि दया आफ्नो रोजाईमा परेको संगीताले बताईन् ।

 

 

 

 

तस्विर : लुजा सिंह