
अफिसियल रुपमा 'धुवाँ यो नशा' को आज फष्टलुक सार्वजनिक गरिएको छ । दर्ता प्रक्रियामा हार खेपेपछि धुवाँको पछाडी यो नशा राख्न बाध्य भएका निर्देशक लक्ष्मण रिजालले यो नशाको फन्ट सानो बनाउदै सुमन सिंह अभिनित अर्को फिल्म धुवाँ टिमसंग निहु खोजे जस्तो देखिएको छ ।
यस बिषय माथिको बहस विस्तारै सुरु होला तर दर्ता प्रक्रियामा यो नशाको फन्ट समेत धुवाँको जत्रो राख्ने सर्तमा सर्टिफिकेट पाएको 'धुवाँ यो नशा' को टिमले चलचित्र बिकास बोर्डको सर्तलाई वेवास्ता गरेको देखिएको छ । 'धुवाँ यो नशा' को यस किमिसको वेवास्ताले सुटिङ सुरु हुन लागेको धुवाँ फिल्मलाई असर नपार्ला भन्न सकिन्न । कटेरोको सुटिङ लम्बिएपछि हिरो सुमन सिंहको ब्यस्तताले निर्धारित समयमा धुवाँ शिर्षकको फिल्मको सुटिङ हुन पाएको छैन ।
आर्यन सिग्देल तथा निशा अधिकारी लिड रोलमा रहेको 'धुवाँ यो नशा' को फष्टलुक हेर्दा आकर्षक देखिएको छ । यस अघि सार्वजनिक भएका फष्टलुक अफिसियल नभएको बताएका निर्माता रामप्रसाद रिजालले फष्टलुक संगै फिल्मको रिलिज पब्लिसिटी सुरु गरिएको बताए । उनका अनुसार फिल्म भदौ २२ देखि राजधानी सहित मोफसलका केही प्रमुख शहर पोखरा, नारायणघाट, बुटवल, दमक तथा विर्तामोडमा रिलिज हुने छ र भदौ २९ देखि बाँकी स्टेशनमा लाग्ने छ ।
सोसल ड्रामा शैलीको 'धुवाँ यो नशा' को एउटा गीत खिच्न बाँकी राख्दै पोष्ट-प्रोडक्सनको काम तिब्र गतिमा भईरहेको बताईएको छ । तर हिरोईन निशा अधिकारी विना जानकारी मुस्ताङ हिडिदिएपछि निर्देशक रिजालले फ्लोरको काम अझै सक्न पाएका छैनन् ।