
आउँदो कात्तिक १५ गते रिलिज हुने दिवकार भट्टराई निर्देशित फिल्म 'मेरो जीवन साथी' को फस्टलुक सहित सुटिङ तस्बिरहरु सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुक दर्शक प्रतिक्रियाको लागि तयार पारेको निर्देशक भट्टराईले बताए ।
राजेश हमाल र शुष्मा कार्कीको विभिन्न हट सिन सहित छायकंन गरिएको उक्त फिल्ममा रेखा थापा, रेश मरहठ्ठा तथा रागिनी खड्गीको साथमा नयाँ प्रस्तुतीमा शिवन पोखरेल पनि फिल्मका लिड एक्टर हुन् । भदौ महिनामै रिलिज गर्ने तयारी गरिए पनि प्राविधिक कारणबस रिलिज कात्तिकमा धकेलिएको सो फिल्म 'कम्प्लिट लाईट लभस्टोरी' हो ।
सूर्य कार्कीको प्रस्तुतीमा यमन म्यूजिकले पहिलो पटक निर्माण गरेको सो फिल्मको सुटिङ तस्बिर औपचारिक रुपमा सार्वजनिक गरिएसंगै फिल्मीखबर मार्फत प्रोमोशन दौड सुरु गरिएको निर्देशक भट्टराईले जनाए । फिल्मको आउँदो साता प्रोमो पनि सार्वजनिक हुने छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, सामीप्य तिमल्सेनाको कथा, रामेश्वर कार्कीको छायाँकन, हिमाल केसीको द्धन्द तथा कविराज गहतराज र शंकर बिसीको नृत्य रहेको छ ।
Photo Gallery : http://www.filmykhabar.com/pictures/432