मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मकर्मीलाई केपीले सुनाए कुईं ढ्यापको कथा

फिल्मीखबर, काठमाण्डौ, 2012/07/22

दोलखामा स्थापना हुन लागेको फिल्म स्टूडियो निर्माणको बिषयमा जानकारी गराउन गएका फिल्कर्मीको टोलीलाई एमाले नेता केपी ओलीले कुई ढ्यापको कथा सुनाएका छन् । कुई ढ्यापको कथा आफूमा पनि लागु हुने भन्दै उनले समग्र फिल्म उद्योगको बिषयमा नेताहरुलाई जानकारी नगराए कुई ढ्याप बाहेक अरु केही नहुने उनले बताएका हुन् ।

 

राजपरिवारको एक सन्तानलाई सत्र बर्ष उमेर सम्म कसैसंग बोल्न नदिएको र उसलाई एक्कासी जनमानसमा परिचय गराउने क्रममा उसले आफ्नो सुसारेले खाना ल्याउँदा ढोका खोलेको आवाज कुई र लगाउँदाको आवाज ढ्याप बाहेक अरु केही भन्न नजानको भन्दै फिल्मका समस्या लिएर मात्र नेताहरुलाई भेट्न नहुने बताएका हुन् । उनले भने, 'भुमिगत हुँदै  र निस्किदै गरेका नेताहरुले अरु बिषयमा कहिल्लै जानकारी लिने मौका पाएका छैनन् त्यसैले तपाईहरु भेट्दै हिडिराख्नु भा'छ रे ।'

 

केपीले नबुझेका ब्यक्तिसंग समस्याको पोको मात्र देखाउँदा केही गर्न नसक्ने बताउदै कुनै किसिमको कार्यक्रम गरी नेताहरुलाई फिल्मको बिषयमा थोरै भएपनि जानकारी गराउने पर्ने बताए । चलचित्र बिकास बोर्डको नेतृत्वमा भईरहेको नेता भेटघाट कार्यक्रमको तेस्रो श्रृङखला अनुरुप आज बिहान केपी ओलीसंग नयाँ बानेश्वर स्थित मदनभण्डारी फाउन्डेशनको कार्यालयमा फिल्मकर्मीले एक घण्टा भलाकुसारी गरेका थिए ।

 

यस अघि एमाले अध्यक्ष झलनाथ खनाल र काँग्रेस सभापति सुशिल कोईरालालाई भेट्ने क्रममा गएका फिल्मकर्मीको संख्या भन्दा आज आधा कम थियो । भेटघाटमा बिशेषतः  सेन्सर बोर्डको संरचनामा परिवर्तन तथा जति सक्दो छिटो फिल्म स्टूडियो निर्माणका लागि आवश्यक सिड मनी सरकारबाट निकासा गर्न फिल्मकर्मीले ओलीसंग माग गरेका थिए । जवाफमा ओलीले दोलखाको फिल्म स्टूडियो निर्माण स्थलमा आफूले कुनै समय कृषि केन्द्रित आरोग्य केन्द्र खोल्न लागेको रहस्य पनि सार्वजनिक गरे । तर सो योजनालाई आफू एक्लैले अगाडी बढाउने नसक्ने भन्दै फिल्म स्टूडियोको अवधराणा हृदय देखी स्वागत गरेको बताए ।

 

ओलीले बाबुराम भट्टराईको बर्तमान सरकार अवैधानिक रहेको भन्दै आउदो कात्तिक तथा मंसिर सम्ममा सो सरकार ढली बन्ने नयाँ सरकारको मातहतबाट स्टूडियो निर्माणका लागि  सिड मनी उपलब्ध गराउने प्रतिबद्धता जनाए । आजको भेटघाट बोर्ड पूर्व अध्यक्ष शैलेस आचार्यको नेतृत्वमा थियो ।