मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

केकीलाई जुर्ने भो `वितेका पल`

फिल्मीखबर, काठमाण्डौ, 2012/07/21

प्रि-प्रोडक्सनको पहिलो फेजमा वितेका पलका लागि केकीसंग कुरा गरिएको थियो तर सो समय केकीको ब्यस्तता भईदिंदा उक्त फिल्मका लागि ऋचा शर्मासंग कुरा गरियो जस अनुरुप प्रोडक्सन टिमले ऋचा शर्मासंग तीन महिना अघि एग्रीमेन्ट पनि गर्‍यो तर एग्रीमेन्ट अनुरुप अव सो फिल्ममा ऋचा नहुने भएकी छिन् ।


विवादको घेरो गहिरै छ जस्तो छ तर डिम्पलोमेटिक ढङ्गमा निर्माता राजेश घतानीले आपसी सम्झौतामा ऋचा शर्मासंग यो पटक काम नगर्ने बताएका छन् । अब ऋचाको ठाँउमा केकी सोलो हिरोईन हुने छिन् । सिङगापुरको प्रमिशको सुटिङमा केकीको अभिनयले प्रभावित हुँदै निर्देशक सुरज सुब्बा नाल्बो उनको विकल्पमा अरु हिरोईन नहुने भन्दै केहि दिन भित्रै कागजी एग्रीमेन्ट हुने खुलासा पनि गरे ।

 

बाटो मुनिको फुलको एक मध्येका प्रोड्यूसर राजेश घतानीसंग मिलेर नाल्बोले बनाउन लागेको सो फिल्ममा बाबु बोगटी फाईनल भएका छन् भने नयाँ हिरो यहि फिल्म मार्फत डेब्यू पनि हुने बताईएको छ । नाल्बोले पनि हिरोईन हेरफेरको प्रसङ्गलाई स्पष्ट ढङ्गले खोल्न मानेन् र भने, 'एग्रीमेन्ट गरिएको भएपनि आपसी सम्झौतामा हामिले आर्टिष्ट चेन्ज गरेका हौं ।'


पर्सी मंगलबार देखि प्रमिशको नेपाल पार्ट सुटिङमा २० दिन नाल्बो ब्यस्त हुनेछन्  जसको सुटिङ सकाएर प्रोष्ट-प्रोडक्सनको काम सकिनासाथ वितेका पलको सुटिङमा पुनः नाल्बो ब्यस्त हुने छन् । वितेका पललाई विग प्रोडक्सन हाउसले निर्माण गर्न लागेको हो । जसको गित रेकर्डिङ सहित प्रि-प्रोडक्सनको काम करिव पूरा भईसकेको छ ।