मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

ह्याप्पी बर्थडे ऋचा

फिल्मीखबर, काठमाण्डौ, 2012/07/21

हिरोईन ऋचा सिंह ठकुरीको आज जन्मदिन परेको छ । उमेर नखुलाएकी यि हिरोईनले श्रावण महिनाको कठोर ब्रत लिदै आज जन्मदिन मानाउने तयारी गरिरहेकी छिन् ।

 
जीवनमा पहिलो पटक श्रावण महिनाको ब्रत बसेकी मिस ठकुरीले घर नजिकैको शिवको मन्दिर पुगी कामना पनि गरिन् । जन्म महिना श्रावण परेकाले यस अघि पनि उनले ब्रत बस्ने कोसिस गरेकी थिईन् तर एक महिने शाहकारी ब्रत बस्ने आँट उनीमा आएन । तर यो पटक भने उनले महिना दिन त्यसमाथि पनि एक छाक रोटी खाएर मात्र ब्रत बसेकी छिन् । 
 
'सुरु गरेपछि सकिदो रहेछ ब्रत बस्न', उनले भनिन् । केकमा अन्डा प्रयोग हुने भएकाले उनले आज केक काटे पनि मुखमा नपार्ने बताईन् । साँझ उनले साथीभाई र परिवार विच आफ्नो बर्थडे केक काट्दै छिन् । गत बैशाखमा पुरानो बानेश्वरबाट चक्रपथ सिफ्ट भएकी उनको तीन वटा फिल्म रिलिजको तयारीमा छ । फष्ट फिल्म 'नाई न भन्नु ल' बाट निकै चर्चा पाएकी उनले त्यसपछिका फिल्मबाट खासै चर्चा पाईनन् तर आउने फिल्मबाट त्यो चर्चा पुनः फर्किने उनीमा विश्वास छ । 
 
उनको रिलिज लिष्टमा रहेका फिल्म 'माया गर ल', 'धडकन भित्र' र नबोलेनी हाँसिराख न' हुन् । हाल कटेरोको फिल्मको सुटिङमा ब्यस्त रहेकी ऋचा सो फिल्म सकिन साथ श्रावण २५ देखि सुरु हुने नयाँ प्रोजेक्ट 'अप्स एण्ड डाउन' मा बिजी हुदैछिन् । उमेर नखुलाएकी यि हिरोईनलाई फिल्मीखबरले के हुन्छ त उमेर खुलाउदा भन्ने प्रश्नमा उनले भनिन्, 'थोरै भन्यो भने पनि जिस्काउछन् र धेरै भने पनि त्यसैले भन्दिन ।'