
नायिका रेखा थापालाई केहि सातामा अदालतमा उभिएर बहस गरिरहेको अवस्थामा देख्न सकिनेछ । उनी किन अदालत पुगिन् त्यो बिषयलाई केहि बेरमा खोलौंला त्यो भन्दा अगाडी रेखाको बारेमा भन्दा उनी नेपाली दर्शकमाझ निकै लोकप्रिय कलाकार हुन् ।
करिब १० बर्षे अभिनय यात्रामा उनले थुप्रै किसिममा भुमिका निर्वाह गरिन् । कहिले राजकुमारी त कहिले काली अनि कहिले प्रेमिका त कहिले एक्सन गर्ल भएकी रेखा भाद्र महिनामा रिलिज हुन लागेको फिल्म इशारामा वकिलको भुमिकामा देखिंदैछिन् । उनले फिल्मको पर्दाबाट नै नारीको हकहितका बारेमा बोल्ने छिन् । बिशेषगरी उनी फिल्ममा यौन काण्डको बिषयमा बहस गर्नेछिन् ।
रियल लाईफमा पनि नारीको हकहितका बारेमा बोल्न रूचाउने रेखाले इशारामा वकिलको भुमिका कसरी निर्वाह गरेकी छिन् त्यो त हेर्न बाँकी नै छ तर पनि उनलाई सो भुमिकाले नयाँ अनुभव भने दिएछ । फिल्मका निर्देशक सबिर श्रेष्ठले पनि रेखाले सो भुमिका निर्वाह गर्न निकै इच्छा व्यक्त गरेकी थिईन् । सबिरका अनुसार रेखाले निकै राम्रो तरिकाले फिल्ममा आफूलाइ प्रस्तुत गरेर साँच्चिकै वकिलको महसुस गराएकी छिन् ।
स्क्रिप्टमा बाँधिएर अभिनय गरे पनि रेखा रियलमा नै वकिल बनेको जस्तो देखिने सबिर बताउँछन् । कस्ले चोर्यो मेरो मनबाट एउटा हाईट पाएका सबिरको यो फिल्मलाई प्रतिक्षाको रूपमा हेरिएको छ । हेरौं रेखा र सबिरले यो फिल्मबाट कस्तो छाप छोड्ने हुन् ।