मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्ल्याक मेल : जीवन, सुमन र स्वेताको गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/07/20

भाद्र २९ गते प्रदर्शनको मिती तय गरेको फिल्म 'ब्ल्याक मेल' को गीत प्रिमियर गरिएको छ । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीतमा उदित नारायण झा र अञ्जु पन्तले स्वर 'जाउँ धेरै पर...' र राजेश पायल राईको स्वर रहेको 'तिमीलाई देखेपछि...' बोलका दुई गीत सार्वजनिक गरिएको हो । दुबै गीतलाई प्रदिप श्रेष्ठले करियोग्राफी गरेका हुन् ।

 

मधुसुदन भट्टराईको पहिलो निर्देशन रहेको सस्पेन्स थ्रील शैलीको सो फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई र सुमन सिंहको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथा समेत रहेको सो फिल्मलाई अगस्ट २६ तारिखका दिन अष्ट्रेलियामा प्रिमियर गरिनेछ । यसअघि अगस्ट ५ मा प्रिमियर गर्ने भनिएको सो फिल्म प्राबिधिक कारणले २६ मा सारिएको निर्माता सरद अधिकारीले बताए ।

 

शिब ढकालको छायाँकन रहेको ब्ल्याक मेलको कथा शिबम अधिकारीले लेखेका हुन् । फिल्ममा चार वटा गीत राखिएको छ । तीजको छेको पारेर रिलिज गर्न लागिएको सो फिल्मले नेपालमा भाद्र २९ गते दुई फिल्म बडीगार्ड र फेसबुकसँग व्यवसायिक प्रतिष्पर्धा गर्नछ गर्नेछ । यि तीन वटै फिल्मलाई आश गरिएको हुनाले भिडन्तमा कस्को हार जीत हुने हो त्यो हेर्न बाँकी नै छ । तर तीनै फिल्मका निर्माता भने सफलता हात पार्नेमा ढुक्क छन् ।