मिति : २०८२ ज्येष्ठ २३, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सामाजिक कार्यमा रेजिना फिल्म्स

फिल्मीखबर, काठमाण्डौ, 2012/07/20

असाहाय बृद्ध महिलाहरुलाई निस्वार्थ सहयोग गर्दै आएकी समाज सेवी दिलशोभा श्रेष्ठलाई आर्थिक सहयोग गर्नेहरुको भिडमा रेजिना फिल्मस पनि देखा परेको छ । हिरोईन रेजिना उप्रेतीको ब्यानरमा निर्मित वरदानको निर्माता कविता श्रेष्ठले दिलशोभाले सञ्चालन गरेको बृद्ध अवस्था ब्यवस्थापन तथा समाजिक कल्याण गुठीको सहयोगार्थ बरदानको च्यारिटो शो गर्न लागेको जानकारी गराईन् ।

 

च्यारिटी शो श्रावण २५ गते साँझ सिटी सेन्टर स्थित विग सिनेमामा हुने छ । जहाँ फिल्मका प्रमुख कलाकार राजेश हमाल र करिश्मा मानन्धर प्रमुख आकर्षणको केन्द्र बन्ने छन् । टिकट दर एक हजार तोकिएको उक्त च्यारिटीबाट उठेको २५ प्रतिशत रकम दिलशोभाको गुठीलाई प्रदान गरिने निर्माता श्रेष्ठले जानकारी गराईन् । गत हप्ता निजगढका ब्यापारी माझ प्रदर्शन गरिएको सो फिल्म आउदो असोज महिनामा प्रदर्शन गरिने तयारी गरिएको छ ।

 

हिरोईन रेजिना उप्रेतीले पहिलो पटक निर्माण गरेको फिल्म भएकाले उनले आफ्नो फिल्मी करिअरमा जानेका सवै कुरा यो फिल्म निर्माणमा लगाएको बुझिएको छ तसर्थ पनि वरदान रेजिनाको फिल्मी करिअरको कोशेढुङ्गा हुने आंकलन पनि काटिएको छ ।

 

कान्तिपुर टेलिभिजनको दिशानिर्देश कार्यक्रममा दिल शोभासंग बिजय कुमारले  लिएको  ईन्टरभ्यू हेर्नुस !