मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिन्दास प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/07/20

भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'बिन्दास' को प्रोमो सार्वजनिक गरिएको छ । प्रदर्शनको मिती नजिकिंदै गर्दै निर्माण युनिटले पब्लिसिटीलाई व्यापकता दिन सस्पेन्स शैलीको प्रोमो रिलिज गरेको हो ।

 

मधुकुमार श्रेष्ठ र राजु केसीले संयुक्त रूपमा लगानी गरेको सो फिल्मको केहि साता अगाडी सार्वजनिक गीतले अहिले संगीत बजार पिटिरहेको छ । रिमझिम रिमझिम पानी पर्‍यो बोलको उक्त गीतबाट राम्रो प्रतिक्रिया समेत पाएको निर्माण युनिट बताउँछ । आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको बिन्दासलाई राजु गिरीले निर्देशन गरेका हुन् भने शुष्मा कार्की, सुशान्त कार्की, अशोक फुयाँल, रोशनी घिमिरे, मधुकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

 

फिल्मका प्रस्तुतकर्ता मधुकुमारका अनुसार फिल्मले अहिलेको युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको छ । फिल्मले सेक्सको कन्टेन्टलाई उठाए पनि कुनै पनि सिन भल्गर नलाग्ने निर्माता मधुको दाबी छ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ ।