
गत शुक्रबार देखि मोफसलबाट प्रदर्शन थालेको ऋषि न्यौपाने निर्देशित फिल्म लकको आज प्रेस शो गरियो । आज देखि राजधानीको एक दर्जनहलहरुमा पनि प्रदर्शन थालिएको सो फिल्मको काडमाण्डौको जमल स्थित विश्वज्योति हलमो प्रेस शो राखिएको थियो ।
प्रोमोको बिषयले हिरोईन बेनिशा हमालसंगको कन्टोभर्सीमा फसेको उक्त फिल्मका कुनै पनि कलाकार हल परिसरमा देखिएनन् । फिल्मका मुख्य हिरो किशोर खतिवडा आउदो सोमबार देखि सुटिङ हुने पिताम्बर पाण्डेको फिल्म ढुवानीको तयारीमा ब्यस्त भएकाले उनी प्रेस शोमा नआएको बुझिएको छ ।
शिर्षक सिनेमा ईन्टरटेन्मेन्टको ब्यानरमा हरि खनाल निर्मित सो फिल्म फर्मुला भित्र रहेर बनाईएको हो । मोफसलको ब्यापार के कति भयो त्यो भने आधिकारिक रुपमा नखुलाएको लक युनिटले राजधानी बिजनेश मोफसल भन्दा राम्रो हुने बताएको छ । राजधानीमा अहिले ज्यान हाजिर छ र हाईवे फ्रेश फिल्मको रुपमा प्रदर्शन थालेका छन् भने मालतीको भट्टी दोस्रो हप्तामा दश पर्दामा प्रदर्शनरत छ ।