मिति : २०८२ ज्येष्ठ ३०, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म निर्माणमा रमेश जंगको सक्रियता घट्ने

फिल्मीखबर, काठमाडौँ, 2012/07/19

राजनीति र पैसा दुवै तर्फको पावर भएका प्रोड्यूसरले परिचित रमेश जंग रायमाझीले फिल्म निर्माणमा सक्रियता  घटाउने निर्णय गरेका छन् ।

 

मोरङ क्षेत्र नम्बर ८ का काँग्रेस जिल्ला सदस्य एवं महासंघ सदस्य समेत रहेका उनले पहिलो प्रोजेक्ट नाई न भन्नु ल बाट निकै चर्चा पाएका थिए । जुन चर्चा सेलाउन नपाउदै उनले मलाई मन पर्यो नाम राखेर दोस्रो फिल्म बनाए तर पहिलो प्रोजेक्टबाट आएको ५० लाख नाफा दोस्रोमा स्वाहा भएपछि उनले फिल्मी बिजनेसबाट खुट्टा झिक्ने संकेत देखाएका हुन् ।

 

फिल्मीखबरसंगको कुराकानीमा रायमाझीले आफू सामाजिक सेवा तर्फ लाग्ने भन्दै तत्काल फिल्म निर्माणको सोच नरहेको तर्क पेश गरेका छन् । उनले भने, 'अहिले बाढि पहिरोको सिजन अनि किसानको समस्या धेरै भएकाले ती समस्या टार्न मैले समाज सेवा तर्फ ध्यान दिएको छु त्यसैले फिल्म बनाउने बिषयमा तत्काल सोच छैन ।' केही दिन अघि मात्र दश करोडको मुद्धा हारे पश्चात उनको फिल्म निर्माण सोच थप पर सरेको बुझिएको छ । तर उनले दश करोड हार्दा आफूलाई कुनै असर नपरेको भन्दै यहि कारणले फिल्म निर्माणमा सुस्तता लम्बिने तर्क सहि नभएको बताए ।

 

यध्यपी समय मिलेको खण्डमा दशै पश्चात फिल्म निर्माणमा कमब्याक हुने उनको तर्क छ ।  बौद्धिक पक्षबाट पनि अब्बल रहेका रायमाझीको बौद्धिकतालाई मध्यनजर गर्दै चलचित्र निर्माता संघले उनलाई सल्लाहकार पदामा पनि राखेको छ जुन पदका कारण पनि उनले फिल्म निर्माणबाट पूर्ण रुपमा सन्यास लिन नसक्दै आफ्नो ध्यान समाजसेवा तर्फ अघि बढाएको पनि बताईन्छ । क्याविनेट स्तरिय राजनितिक पद धारणका लागि उनले मोफसलको राजनीति सुरु गरेको पनि तर्क बाहिरिएको छ तर रायमाझी आफू केन्द्रिय स्तरको राजनितिमा नआउने बताउछन् ।