Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाइवेसँगै ज्यान हाजिर छ

फिल्मीखबर, काठमाण्डौ, 2012/07/19

श्रावण ५ गते अर्थात भोली शुक्रबारबाट दिपक रौनियार निर्देशित हाइवे र बद्री अधिकारी निर्देशित ज्यान हाजिर छ फिल्म देशभर एकसाथ प्रदर्शनमा आउँदैछन् ।

 

जर्मनीको वर्लिन फिल्म फेस्टिवलमा सहभागी भईसकेको हाइवे प्रतिक्षित फिल्मको रूपमा रहेको छ । बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षको कथाको साथमा बैदेशिक रोजगारमा गएको लाहुरेको पिडा, सेक्स वर्करको कथा, टिनएजर रिलेसनसिपको कथा, पढेलेखेको बुद्धिजिवी नेपाल आएर केही गर्न खोज्दा भोग्नु परेका विभिन्न उतारचढावका प्रसङ्ग र लेज्बियन रिलेशन शिपको कथा समेटिएको फिल्म हाइवेमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, रविन्द्र मिश्र, इलम दिक्षित, विनय श्रेष्ठ, आशा मग्राती र श्रृष्टि घिमिरेको मुख्य अभिनय रहेको छ ।

 

इलामबाट काठमाण्डौ हिंडेको बसलाई मेरूदण्ड बनाईएको फिल्म 'हाइवे' लाई  आदी प्रोडक्सन र अमेरिकाको लुभर्चर फिल्मसको सहकार्यमा लोनिम दीक्षित, समीरमणि दीक्षित र मिता होसालीले निर्माण गरेका हुन् । यो फिल्मको आज साँझ सोल्टी होटलमा भव्य समारोहका विच प्रिमियर गरिंदैछ ।

 

यस्तै सामाजिक प्रेमकथामा बनेको फिल्म 'ज्यान हाजिर छ' मा नयाँ अनुहारहरू प्रसन्न गोपाली, बेनिशा हमाल, काजल खड्का, विकास चापागाई, राज लामा, सुशिल श्रेष्ठ तथा जुनु श्रेष्ठको मुख्य अभिनय रहेको छ । राजेश हमालको पनि अभिनय रहेको सो फिल्मलाई बद्री अधिकारी र सुदर्शन श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।