मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

लकलाई लात हानेर ज्यान हाजिर छ भन्दै बेनिशा

फिल्मीखबर, काठमाण्डौ, 2012/07/19

नायिका बेनिशा हमालले गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लक' को पब्लिसिटीमा सघाईनन् । निर्माण युनिटले पनि उनको सहयोगको अपेक्षा गरेन बरू उल्टै उनलाई पब्लिसिटीबाट हटाउनुको साथै केहि सिन समेत फिल्मबाट हटायो ।

 

बेनिशा लकको मुख्य पात्र हुन् । उनैको वरीपरी फिल्म घुमेको छ तर पनि युनिटले व्यवहार राम्रो नगरेको आरोप लगाउँदै पब्लिसिटीबाट पाखा लगायो । दर्शकले बेनिशाको अभिनय त हेरे तर स्वर भने उनको सुन्न पाएनन् । यसको असर बेनिशालाई भन्दा पनि बढि निर्माण युनिटलाई देखियो अहिले । बेनिशाले पनि रिसको झोकमा लकको नाम समेत उल्लेख नगर्ने बताउँदै मिडियामा कहिंकतै देखिईनन् ।

 

यहि लक युनिटलाई च्यालेञ्ज गर्न पनि हुनसक्छ बेनिशा अहिले आफू अभिनित अर्को फिल्म 'ज्यान हाजिर छ' को पब्लिसिटीमा खुलेर लागेकी छिन् । बद्री अधिकारीले निर्देशन गरेको उक्त फिल्म भोली शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ र बेनिशा अहिले ज्यान हाजिर छ भन्दै मिडियामा कुद्न थालेकी छिन् । करियरको चिन्ता सबैलाई हुन्छ सायद यसैले पनि होला बेनिशा लकबाट गुमाउनु परेको नाम 'ज्यान हाजिर छ' मा खोज्न थालेको । कि के हो बेनिशा जी !