
आमाहरुबाट सुरु भएको मित्रताको सम्बन्ध छोराछोरीमा पनि त्यतिकै लागु भएको छ । हिरोईन ऋचा सिंह ठकुरीको आमा र अभिनेत्री मौसमी मल्ल निकै मिल्ने साथी हुन् । जुन मित्रताले मौसमीको छोरा विक्कीसंग ऋचाको दोस्ती निकै बढेको छ आजकाल । संयोग पनि कस्तो भने एक बर्षको उमेर अन्तर रहेको उनीहरुको जन्म महिना पनि श्रावण नै हो भने राशि बृष पनि एउटै ।
नाई न भन्नु ल डेब्यू गर्ल ऋचाले सुस्त गतिमा आफ्नो फिल्मी पाईला चालिरहेकी छिन् भने विक्की होम प्रोडक्सनको फिल्मबाट हिरोमा डेब्यू गर्दैछन् । कात्तिक १८ गते रिलिज हुने फिल्म समयमा उनले अभिनय गरेका छन् । दयाराम दाहालको निर्देशनमा अभिनेत्री मल्लले निर्माण गरेको सो फिल्मको पोष्ट-प्रोडक्सनको काम तिब्र गतिमा भईरहेको छ । उक्त फिल्ममा ऋचा र विक्कीले संगै काम गर्ने तयारी गरिएको थियो तर ऋचा केही फिल्ममा ब्यस्त भईदिदा नयाँ हिरोईनसंग विक्कीले अनस्क्रिन रोमान्स गर्नुपर्यो ।
फ्रेण्डसिप मात्र हो कि अफएयर नै छ भन्ने फिल्मीखबरको प्रश्नमा हिरोईन ऋचाले बेष्ट फ्रेण्ड विक्की रहेको बताईन् । चुलबुले स्वभावका विक्कीले भने अहिलको मिति सम्म फ्रेण्डसिप भोली के हुन्छ थाहा छैन् भन्दै फिल ईन्द ब्ल्याकं भनी प्रतिक्रिया दिए । पछिल्लो तीन बर्षको चिनजानमा विगत एक बर्षदेखि उनीहरुको दोस्ती निकै जमेको छ । तर रेष्टुराँ गएर ईन्जोय गर्न पाएका छैनन् उनीहरुले ।
तपाईको बेष्टफ्रेण्ड ऋचाको कुन-कुरा राम्रो लाग्छ भन्दा विक्कीले उनको स्माईल शैली मात्र मन पर्ने बताए भने ऋचाले विक्कीको डान्स हेर्न लायक रहेको भन्दै उनको राम्रो पक्षको तारिफ गरिन् । एक कार्यक्रममा संगै भेटिएका उनीहरु कार्यक्रम छाडी बाहिर गफिरहेको अवस्थामा फिल्मीखबरको जम्काभेट भएको थियो जहाँ उनीहरु विन्दास मुडमा थिए ।
यस्तै विक्कीले फ्रेण्डसिप ऋचाको थर्काउने बानी नराम्रो लाग्ने बताएका छन् भने ऋचाले विक्कीको घरसंग जोडिएको काम अर्हाउँदा नमान्ने बानी आफूलाई नराम्रो लाग्ने बताईन् । विक्कीले के कुरा पकाएको मन पर्छ त ऋचालाई ? ऋचाले जवाफ दिईन्, 'उसले सवै कुरा मिठो पकाउँछ ।' उता विक्कीलाई भने ऋचाले पकाएको प्यान केक निकै मिठो लाग्छ रे ! २३ बर्षे विक्की र ऋचा मौसमीले निर्माण गर्ने नयाँ फिल्ममा लिड रोलमा हुने पक्का छ ।