मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

खोजी प्रतिभाकोमा महानायक नाच्दा...

फिल्मीखबर, काठमाण्डौ, 2012/07/18

बुधबार राती सम्पन्न एसियन पेन्टस खोजी प्रतिभाको फाईनल कार्यक्रममा उपस्थित भएका महानायक राजेश हमालले आफू अभिनित फिल्म मायाज बारको दिल खोलेर प्रोमोशन गरे । बिशेषत फिल्मकै प्रोमोशनका लागि पुगेका हमालले आफ्नो भुमिका र निर्देशक दिनेश डिसीको प्रशंशा गर्न भुलेनन् । उनले आफूलाई मायाज बारमा बिशेष भुमिकामा प्रस्तुत गराएकोमा निर्देशक डिसी प्रति आभार प्रकट पनि गरे ।

 

बिशेषगरी त उनी कार्यक्रममा दर्शकसँग मज्जाले नाचे । खोजी प्रतिभाको कार्यक्रममा तेर्‍हथुमका बिक्रम लिम्बु बिजयी घोषित भए लग्गतै खुसी मनाईरहेका उनका आफन्त तथा साथीभाईको बिचमा पुगेर हमाल बिजयी लिम्बुले गाएको गीतमा लाज नमानी नाचे । हमाल नाचेपछि कार्यक्रममा थप रौनकता थपिएको थियो । हमालले बिजेता लिम्बुलाई बधाई तथा अझ सफलताको कामना गरे ।

 


श्रावण १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'मायाज बार' को प्रोमोशनका लागि नै भनेर नायिका करिष्मा मानन्धरलाई पनि कार्यक्रममा हमालको साथमा प्रमुख अतिथीको रूपमा डाकिएको थियो । यस्तै प्रोमोशन गर्ने क्रममा हिरो गजित बिष्टले मायाज बारको शिर्ष गीतमा आफ्नो आकर्षक डान्स प्रस्तुत गरेका थिए भने गायिका दुर्गा परियारले अर्को चर्चित गीत 'सर सर...' गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन् । कार्यक्रममा निर्माता सुनिल मानन्धरलाई पनि बिशेष अतिथी बनाईएको थियो ।

 

 

 

 

 


 

More Pictures : http://www.filmykhabar.com/pictures/426/