मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कविताको `ढुवानी` पिताम्बरले गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/07/18

ब्याच नम्बर १६ को जति चर्चा भयो त्यसको बिजनेस रिर्टन राम्रो नआएपछि एक बर्ष हराएका निर्देशक पिताम्बर पाण्डे पुनः फिल्म निर्देशनमा फर्किएका छन् । उनी कविता श्रेष्ठको तेस्रो फिल्म निर्देशनको अन्तिम तयारीमा जुटेका हुन् ।

 

प्रि-प्रोडक्सनको कामलाई फाईनल गर्दै प्रोड्यूसर श्रेष्ठले आफ्नो नयाँ फिल्मको क्याप्टेन पिताम्बर रहेको रहस्य सार्वजनिक गरेकी हुन् । पिताम्बरको निर्देशन रहने उनको नयाँ फिल्मको नाम 'ढुवानी' राखिएको छ । जसको लिड रोलमा किशोर खतिवडा, धिरेन्द्र राज थापा तथा चर्चित फिल्म लुटको नेगेटिभ मध्येका एक हिरो प्रविन खतिवडा रहेको कविताले जानकारी दिएकी छिन् ।


एक्सन प्रधान फिल्म भएकाले एक्सनमा अब्बल हिरोहरु आफूले लिएको कविताको भनाई छ । शोभित बस्नेतसंग मिलेर बरदान र प्लान निर्माण गरेकी उनले यो फिल्मको हाईक्लास मेकिङ हुने दावी गरेकी छिन् । हाईवेमा हुने विभिन्न सामान ढुवानी र त्यसंग जोडिएका पात्रको भूमिकालाई निर्देशक पाण्डेले आफैले लेखेका हुन् । फिल्म नेपालगंज सुर्खेत तथा बम्बईमा सुट गरिने छ ।

 

३० दिने सेडुल निकाल्दै आउदो सोमबार देखि फ्लोरमा जाने भनिएको सो फिल्ममा हिरोईन भने फाईनल भईनसकेको निर्माण युनिटले जनाएको छ । यस्तै फिल्ममा एक मात्र गीत समावेश गरिने प्रोड्यूसर कविताले जानकारी दिईन् । ढुवानीलाई निर्देशक पाण्डेले ब्याच नम्बर १६ खिचेका पुरुषोत्तम प्रधानलाई नै यो फिल्ममा अनुबन्धीत गरेका छन् । फिल्मको ८० लाखको बजेटमा निर्माण हुने बताईएको छ ।