Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

थ्री लभर्स र फेसबुक : चोरेको कि प्रभावित ?

फिल्मीखबर, काठमाण्डौ, 2012/07/18

केहि दिन अगाडी मात्र सार्वजनिक भएको प्रतिक्षित फिल्म 'थ्री लभर्स' को पोस्टर अहिले बिबादित बनेको छ । कति यो पोस्टरलाई चोरेको बताएका छन् भने कतिले प्रभावित भएको बताएका छन् । केहि जमातले भने पोस्टरमा नयाँ पन देखिएको भन्दै क्रियशनको तारिफ पनि गरेका छन् ।

थ्री लभर्सका पोस्टर डिजाईनर स्वप्निल आचार्यले भने यस्ता पोस्टरहरू धेरै बनेकोले चोरीको आरोपको खण्डन गरेका छन् । रमाईलो कुरा त के छ भने स्वप्लिनले थ्री लभर्स जस्ता थुप्रै पोस्टरको डिजाईन देखाएर आफू चोखिन खोजेका छन् । त्यत्रा पोस्टरको रिफ्रेन्स पत्ता लगाउन सक्ने स्वप्निलको दिमागलाई पनि मान्नै पर्छ ।

 


थ्री लभर्स मात्र हैन भाद्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको अर्को प्रतिक्षित फिल्म 'फेसबुक' को पनि पोस्टर कन्सेप्ट चोरेको आरोप आएको छ । फेसबुक निर्माता सुनिल कुमार थापाले सो पोस्टर प्रतिक्रियाको लागि मात्र तयार पाएको बताउँदै चोरीको आरोपबाट बच्न खोजे । फेसबुकको पोस्टरलाई साहिल खानले डिजाईन गरेका हुन् । यि बाहेक फेसबुकका अन्य पोस्टरको तारिफ भने भएको छ ।

अब तपाईं नै भन्नुस् यि पोस्टर चोरिएको हो या प्रभावित भएको हो ?