नेपालको पहिलो महिला प्रोडक्सन कन्ट्रोलर एवं चरित्र अभिनेत्री सुष्मा कार्की दुर्घटनामा परेर घाईते भएकी छिन् । ढिला गरी प्राप्त खबर अनुसार उनको देब्रे हातमा चोट लागेको छ भने खट्टामा पनि समस्या देखिएको छ ।
गत सोमबार पशुपति नाथ दर्शन गरेर फर्किने क्रममा गौशाला मेन हाईवेमा चढिरहेको उनको स्कुटीलाई चक्रपथ परिक्रमा गर्ने बसले नराम्ररी ठक्कर दिएको थियो । ठक्कर पश्चात उनी झन्डै पाँच मिटर देब्रे सडक पेटी तर्फ उच्छिटएकी थिईन् । उनलाई बा १ ख ६६१३ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करले उनको स्कुटी नराम्र्ररी बिग्रीएको छ ।
भिड भएका कारण चौकमा रहेको ट्राफिक प्रहरीले उक्त बस नियन्त्रणमा लिदै गौशाला चौकीमा राखेको छ । सुष्माको स्कुटी पनि चौकी परिसरमै छ । 'धन्न केही भएन', ब्रत बसेकी सुष्माले आफू भगवानको शक्तिले मात्र त्यस दिन बाच्न सफल भएको बताईन् ।
दुई दर्जन फिल्ममा चरित्र अभिनेत्रीको भूमिकामा देखिसकेकी सुष्माले दुर्घटनाको कारण आजबाट सुरु हुन लागेको होम प्रोडक्सनको फिल्म 'आईएम ईन लभ' को बाँकी सुटिङ प्राभावित भएको बताएकी छिन् । गायिका समेत रहेकी उनी सो फिल्मबाट प्रोड्यूरको ट्याग पनि भिर्दैछिन् जुन फिल्मको पाँच दिनको फ्लोरको काम रहेको उनको भनाई छ ।
नाम एउटै भएका कारण हिरोईन सुष्मा कार्की र यि चरित्र अभिनेत्रीको विभिन्न बिषयमा मिडिया र फिल्मर्की बेला -बेलामा झुक्किने पनि गर्दछन् ।