मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अन्जुले महोत्तरीवासीलाई नचाइन्

भोजराज कोइराला, महोत्तरी, 2012/07/18

गायिका अन्जु पन्तले सोमवार महोत्तरीवासीलाई छमछमी नचाइन् । राष्ट्रिय मधेश समाजवादी पार्टीको अध्यक्ष बनेका शरद सिंह भण्डारीलाई अभिनन्दन गर्न सर्वाङ्गिण पुर्वाधार विकास केन्द्रले बर्दिवासमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा अभिनन्दन कार्यक्रममा सहभागी हुन आएकी अन्जुले आफ्ना झण्डै एक दर्जन जति चर्चित गित गाएर महोत्तरीवासीलाई छमछमी नचाएकी हुन् ।

 

सोमवार दिउँसो करिव तिन बजे तिर कार्यक्रम स्थल आइपुगेकी अन्जुले नै 'स्वागतम् स्वागतम्...' वोलको गित गाएर पार्टीको शुभकामना आदानप्रदान तथा अभिनन्दन कार्यक्रमको शुरुवात गरेकी थिइन् । स्वागत गित गाए लगत्तै उनले आफ्नो 'कहिले लाने हो डोलीमा चढाई...' र 'कर्कलो गाभा...' बोलको गित गाएर दर्शकलाई झुमाइन् । अतिथिहरुकॊ मन्तव्य र साँस्कृतिक प्रस्तुतीलाई पालैपालो स्थान दिइएको कार्यक्रममा अन्जुले 'नबिर्सें तिमीलाई नपाएँ तिमिलाई...', 'तिर्खा लाग्यो पानी खाएँ...', 'फुल जस्तै पवित्र थियो मेरो मन पनि...',  'हरिया चुरा मेरा हात भरी...' वोलको गित गाएर महोत्तरीका युवा र महिलाको मन जितिन् ।

 

अन्जुले  माथी उल्लेखित गीत सहित कहाँ भेटिएला, कसले चोर्यो मेरो मन जस्ता फिल्मका चर्चित गीत गाउँदा बर्दिवास सहित महोत्तरीको गौरीवास, माइस्थान, खयरमारा,  रामनगर, हात्तीलेट, विजलपुरा, औरही, किसाननगर, भरतपुर, गौशाला लगायतका गाविस र छिमेकी जिल्लाहरु सर्लाही, धनुषा तथा सिन्धुलीबाट आएका करिव २ हजार दर्शक दिल खोलेर छमछमी नाचेका थिए । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समाजबादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीलाई पनि अन्जुले मञ्चमै नचाइन् ।

 

अन्जुको गीतमा नाचेका भण्डारीले मन्तव्य राख्ने क्रममा उनको खुवै प्रसंशा गरेका थिए । उनले अन्जुलालाई पटक-पटक नेपाली लता भनेर संवोधन गरेका थिए । कार्यक्रममा अन्जुले गाएका धेरैजसो गीतहरु दर्शकहरुले दोहोर्याउन आग्रह गरे पनि समयको अभाव भएर हुनसक्छ उनले दर्शकहरुको माग अनुसार कुनै पनि गित दोहोर्याएर गाइनन् । महोत्तरीवासीको बेजोड साथ पाएर हौसीएकी अन्जुलाई प्रविधि चुस्त नहुँदा गीत गाउन केहि समस्या भएको थियो । प्रविधि चुस्त नहुँदा कार्यक्रम केहि खल्लो समेत भएको थियो ।

 

कार्यक्रममा उपस्थित दर्शकहरुलाई अन्जुले आफ्ना केहि व्यक्तिगत कुराहरु पनि सुनाउन भ्याइन् । उनले आफ्ना बाबु ब्राम्हण पन्त र आमा तामाङ योञ्जन भएको र आफु क्रिश्चियन भएको कुरा दर्शकहरुलाई सुनाईन् ।  आफ्ना गितमा एक जुट भएर नाचेका दर्शकहरुलाई अन्जुले अन्य हरेक काममा यसैगरी एक जुट भएर लाग्न आग्रह समेत  गरिन् । आफुले स्वर दिएको कहाँ भेटिएला, कसले चोर्यो मेरो मन लगायतका फिल्मका शिर्ष गितहरु गाउँदै साँझ करिव सवा ६ वजे तिर अन्जु कार्यक्रम स्थलबाट बाहिरीएकी थिईन् । कार्यक्रममा अन्जु सहित गायिका बन्दना मैनाली र नायिका नन्दिता केसी आउने भनेर आयोजकले स्थानीय एफएम रेडियोमा विज्ञापन गरेपनि नन्दिता र बन्दना भने कार्यक्रममा उपस्थित भएनन् ।