
श्रावण १९ गतेबाट भाद्र ८ गतेका लागि रिलिज डेट सारिएको फिल्म 'फुलस्टप' को प्रोमो सार्वजनिक गरिएको छ । कमलकृष्णको निर्देशनमा मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुको लगानी रहेको फिल्म फुलस्टप सस्पेन्स थ्रील फिल्म हो ।
फिल्ममा बिनिता बराल र सबिन श्रेष्ठ मुख्य भुमिकामा छन् । माता मनकामना फिल्म्सको व्यानरमा निर्माण गरिएको सो फिल्ममा निर्देशक कमलकृष्णको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, साईमन राजबंशीको करियोग्राफी, चन्द्र पन्तको द्धन्द तथा नम्सको लेखन रहेको छ ।
भाद्र ८ गते यो फिल्मसँग बिन्दास फिल्मले व्यवसायिक प्रतिष्पर्धा गर्नेछ । बिन्दास सुष्मा कार्कीको हट सिनका कारण चर्चामा छ भने फुलस्टप चपली गर्लको कारणले चर्चामा छ । कारण चपली हाईटबाट बिनीताले छुट्टै हाईट बनाएकि छिन् र उनलाई दर्शकले फरक भुमिकामा हेर्न चाहेका छन् । बिनिता पनि आफूले यो फिल्ममा एकदमै फरक भुमिका निर्वाह गरेको बताएकी छिन् ।