मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`धुवाँ यो नशा` तुरुपको एक्का

विष्णु शाही, नेपालगंज, 2012/07/17

युवा निर्माता राम प्रसाद रिजाल आफ्नो दोस्रो फिल्म 'धुवाँ यो नशा' को प्रचार प्रसारमा गर्न निकै व्यस्त छन् । फिल्मको रिलिज डेट नजिकिदै गर्दा प्रोमोसनको क्रममा उनलाई भ्याइ नभ्याइ छ ।

 

कुनै पनी फिल्म चल्नका लागी मिडियाको ठुलो भुमिका हुन्छ भन्ने वुझेका उनले आफ्नो फिल्मको प्रोमोसन मोफसलका विभिन्न सन्चारमाध्यमवाट सुरुवात गरेका छन् । आगामी भाद्र २२ गते एकैसाथ नेपालभर प्रर्दशन गरिने फिल्म 'धुवाँ यो नशा' का वारेका नेपालगंजको भेरी एफएमको फिल्मीखवर कार्यक्रममा कुराकानी गर्दै रिजालले आफ्नो फिल्म तुरुपको एक्का भएको दावि गर्दै आफ्नो फिल्मको रिलिज डेटसंग कुनै फिल्म जुध्न आएमा अन्य फिल्महरुले व्यावसायिक घाटा वेहोर्नु पर्ने वताए ।

 

फिल्म राम्रो वनेकोले आफुसंग तुरुपको एक्का भएकै कारण जुनसुकै समयमा पनी आफ्नो फिल्म चलाउन  तयार भएको जानकारी गराउदै यो फिल्म नै आफ्नो जिवनको टर्निङ प्वाइन्ट हुनेमा आशा रहेको वताए । निकै मिहिनेत गरी वनाएकै कारण आफ्नो फिल्मले राम्रो प्रतिक्रिया पाउने उनले आश व्यक्त गरे । अहिलेका युवाहरु लागु दुर्व्यसनमा फस्दा कस्तो पिडा सहनुपर्छ र कुलतवाट फसेका युवावर्गलाई वचाउन अविभावकले कस्तो भुमिका निर्वाह गर्नुपर्छ भन्ने कथावस्तुमा आधारीत फिल्ममा उनका भाई लक्ष्मण रिजालको निर्देशन रहेको छ ।

 

फिल्ममा आर्यन सिग्देल, निशा अधिकारीको मुख्य भुमिका रहेको छ । निर्माता रिजालले यसअघी फिल्म कसम र वान डे निर्माण गरिसकेका छन् । फिल्म 'धुवाँ यो नशा' कसम भन्दा निकै राम्रो वनेको र आम नेपाली दर्शकले हेरेर केही शिक्षा लिनुपर्ने समेत रिजालले वताए ।