मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिला फिल्मकर्मीलाई सपना मल्लको सुझाव

फिल्मीखबर, काठमाण्डौ, 2012/07/17

उमेरले आफू भन्दा धेरै उमेर पार गरेका महिला फिल्मकर्मीहरुको उपस्थिति भए पनि अधिवक्ता एवं पूर्व सभासद सपना प्रधान मल्लले आज एक दिन महिला हक हितको बिषयमा जानकारी गराईन् ।


अभिनेत्री मौसमी मल्लको नेतृत्वमा दुई महिना अघि गठन भएको  महिला चलचित्रकर्मी मञ्चले आयोजना गरेको कार्यशालमा अधिवक्ता प्रधान सहित पूर्व मन्त्रीद्धय डिना उपाध्याय र सत्या पहाडीले महिला हक हित तथा सशक्तिकरणका बिषयमा आफ्नो अनुभव एवं ज्ञान कार्यशालमा साटेका थिए । दुई चरण अर्न्तगत भएको कार्यशालाको उद्घटन सत्रमा शान्तिमन्त्री टोपबहादुर रायमाझीले आफ्नो तर्फबाट हरेक सहयोग महिलाहरुको लागि रहने बताए । उनले अधिकारको लेनदेनमा महिला पुरष समनाता आवश्यक रहेको औलाए ।

 

 

यसैगरी चलचित्र बिकास बोर्ड अध्यक्ष गणेश भण्डारी, चलचित्र संघका महासचिव प्रदीप उदय, निर्माता संघका अध्यक्ष राजकुमार राई  तथा कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले ढिलै गरी भए पनि स्थापना भएको महिला चलचित्रकर्मी मञ्चको सफलताको कामना गरे ।  उनीहरुले बर्तमान अवस्थामा महिलाको हक पुरुष सरह हुन आवश्यक रहेको औलाउदै आफू कमजोर महिला हुँ भन्ने धारणा सर्वप्रथम त्याग्दै अघि बढ्नु पर्ने सुझाव दिए । 


दोस्रो संस्करण अर्न्तगत सपना प्रधानले महिलाको बिषयमा कानुनमा समेटिएको बिषयमा जानकारी गराईन् । उनले आफू कहाँ फिल्म क्षेत्रबाट पनि धेरै महिलाहरु समस्या लिएर आउने गरेको बताईन् । उनले भनिन्, 'कोही पूरुषले गरेको फोटो दुरुपायोगबाट तनाव लिएर आउछन् त कोही प्रोड्यूसरले गरेको  कास्टिङ काउच समस्या लिएर ।' नेपाली महिलाहरुको रोल मोडल रहेकी उनले समय परिवर्तन भईसकेको भन्दै सवैले अह्राएको मान्नै पर्छ भन्ने धारणा सर्वप्रथम त्याग्न महिला फिल्मर्कीलाई आग्रह गरेकी थिईन् । उनले भनिन्, 'सर्वप्रथम नाई भन्न सक्नुस अनि तपाईलाई कसैले हेप्दैन ।'

 

समाज परिवर्तन गर्ने प्रमुख माध्यम मध्येको एक फिल्म भएको भन्दै सपनाले यो क्षेत्रमा आउन सर्वप्रथम बेसिक एजुकेशन लिएर आउन आग्रह पनि गरिन् । उनले महिला हिंसा विरुद्धको अधिकार विवेध एवं समानाताको बिषयमा एक घण्टा स्पिच दिदै कार्यशालालाई लिड गरेकी थिईन् । कार्यशालामा मन्त्री पाहाडी र उपाध्यायले पनि आफ्नो संघर्षको कथामा सुनाउदै आत्मबल बढाउन सुझाव दिएका थिए । कार्यशालमा बरिष्ठ कलाकार सुभद्रा अधिकारी, लक्ष्मी गिरीको पनि उपस्थिति थियो । नयाँ पुस्ता तर्फ भने ऋचा सिंह ठकुरीको कार्यशालामा उपस्थिति थियो ।