छायाँकनका लागी काठमाण्डौबाट हेटौंडा आउदै गरेको फिल्म लफडा युनिटको टोली मकवानपुरको भिमफेदीमा दुर्घटना हुँदा नौ जना कलाकार घाईते भएका छन् । बा १ ज ९६७८ नम्बरको माईक्रो भ्यानमा सवार रहेका दन्द निर्देशक राजेन्द्र खड्गी सहितको टोलीमा आएको माईक्रो भ्यान ब्रेकफेल भएर दुर्घटना भएको चालक सानु कान्छा तामाङ बताउँछन् ।
दुर्घटनाबाट घाईते हुनेहरुमा अमृत राई, सुरज मोक्त्तान, निरन्जन थापा, लेक्चन गुरुङ, राजेश सतुवाल, जिवन तामाङ, राजकुमार घिमिरे, अशोक अधिकारी रहेका छन् भने घाईतेहरुको बसन्त मेडिकल हल हेटौंडामा उपचार भैरहेको लफडाका निर्माता नारायण खतिवडाले बताए । लफडाको क्लाईमेक्स दृश्यका लागी हेटौंडा आएका फाईटर कलाकारहरु यसरी दुर्घटनामा परे पछि अहिले लफडा टोलीलाई लफडानै लफडा भएको छ ।
एक त बर्षाको कारण छायाँकनमा लफडा अर्को दुर्घटना हुँदा अर्को लफडा । 'लफडै लफडामा फँसियो हेरु के हुन्छ', निर्देशक किसोर चौधरीले बताए । सोमबार दिउसो भएको दुर्घटना पछि घाईतेहरुलाई उपचार गराउदै अहिले लफडा टोली मकवानपुरको हेटौंडा सिमेन्ट फैक्ट्रीमा क्लाईमेक्स दृश्य छायाँकन गर्नमा ब्यस्त छ । छायाँकनका लागी नायक मुकेश ढकाल, नायिका झरना थापा, कलाकार सुनिल थापा, मुकुन्द थापा, सुनिल दत्त पाण्डे लगाएतका कलाकारहरु हेटौंडामा छन् ।
एक्सन प्रधान यो फिल्ममा तीन जना टोले दादा डनहरु रहेको र ति डनहरु कुनै नारीको माया पाएमा सभ्य बाटोमा लाग्न सक्छन भन्ने कुरा देखाउन खोजिएको निर्देशक चौधरीले बताए ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
लफडालाई हेटौंडामा अर्को लफडा
मणिराज गौतम, हेटौंडा, 2012/07/17
- ‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ गीतमा नाचे विराज र खुसी
- आकृतिलाई पहिलो गाँसमै ढुंगा
- ‘मालती मंगले’को ‘सुनैको सपनी’ गीतमा माया साट्दै विजय र वर्षा
- ‘जलाकी’मा सोनमले दोस्रो मौका पाउँदा धीरज बाहिरिए
- ‘महाराजा’को सिक्वेल बन्ने, विजय दोहोरिँदै
- चैत २७ मा नआउने भएको हो ‘३६ को आँकडा’ ?
- ‘लालिमा’ निर्माताको बालेनलाई खुला पत्र : यौनकर्मीको मुद्धा सम्बोधन गर्न माग
- सकियो ‘कार्की साइँला’को छायांकन, बेहुला-बेहुली बने जितु र प्रियना
- रिमा सांसद बन्दा प्रकाश छुटे
- ‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको झगडा

