Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बद्रीको फिल्ममा `नो सेक्स`

फिल्मीखबर, काठमाण्डौ, 2012/07/16

आगामी शुक्रबार अर्थात श्रावण ५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'ज्यान हाजिर छ' मा सेक्सको कन्टेन्ट नभएको निर्देशक बद्री अधिकारीले फिल्मीखबरलाई बताए । हाल बनिरहेका अष्लिल फिल्मलाई झापड दिने फिल्म बनाएको बताउँदै अधिकारीले आफ्नो फिल्मको पब्लिसिटी सामाग्रीमा नै 'नो सेक्स' भनि उल्लेख गरेको बताए ।

 

युवापुस्तालाई ध्यानमा राखेर युवा कलाकारलाई अभिनय गराईएको फिल्म 'ज्यान हाजिर छ' सामाजिक प्रेमकथामा आधारित छ । नयाँ कथाबस्तु र नयाँ अनुहारको काम रहेकाले फिल्म पुरानो ढर्राको नलाग्ने निर्देशक अधिकारी बताउँछन् । प्रशन्न गोपाली, बेनिशा हमाल, राज लामा, बिकास चापागाईं, काजल खड्का, सुशिल श्रेष्ठ र जुनु श्रेष्ठको मुख्य अभिनय रहेको सो फिल्म निर्माणमा बद्रिलाई सुदर्शन श्रेष्ठले सघाएका हुन् । फिल्मको कथा पनि बद्री र सुदर्शन मिलेर लेखेका हुन् ।

 

दुस्मन, लडाईं, चक्रव्यूह, आवाज, इन्द्रावती जस्ता फिल्म निर्माण गरिसकेका बद्रीले आफ्नो सोचलाई परिवर्तन गरेर नयाँ ढंगले आफ्नै शैलीमा ज्यान हाजिर छ बनाएको बताए । उनले आफूले बनाएका हरेक फिल्मलाई दर्शकले रूचाएको हुनाले ज्यान हाजिर छ पनि दर्शकको मनमा बस्न सफल हुनेमा बिश्वास व्यक्त गरे । बद्रीले निर्देशन गरेको अबिरल बग्दछ इन्द्रावती नामक टेलिचलचित्रले निकै चर्चा पाएको थियो । उनले भने, 'दर्शकले मेरो फिल्मबाट ताजापन पाउनुहुनेछ ।'

 

 

 

छैठौं फिल्मको रूपमा ज्यान हाजिर छ निर्देशन गरेका बद्रीले आफ्नै छोरी केकीलाई नलिनुको रहस्य पनि खोले । उनले भने, 'मेरो फिल्मको स्क्रिप्ट केकी माथि नै थियो तर उ अरूकै फिल्ममा व्यस्त भएकाले मैले केहि कम्प्रमाईज गरें ।' अबको प्रोजेक्टमा भने केकीलाई नै लिने बद्रीको भनाई छ । यता केकी पनि आफ्नो बुवाको फिल्ममा अभिनय गर्न निकै आतुर रहेको बताईन् । उनले भनिन्, 'यसपाली मौका जुरेन अब भने जसरी पनि टाईम मिलाएर बुवाको प्रोजेक्ट गर्छु ।'

 

रंग फिल्म एण्ड टिभी क्रियशनको व्यानरमा निर्माण भएको सो फिल्ममा सुगम पोखरेल, सत्यस्वरूप र सूर्य दयालुको संगीत रहेको छ । यस्तै फिल्ममा रामशंकर प्रधानको छायाँकन, राजेश केसीको करियोग्राफी र सानु कुमार महर्जनको द्धन्द रहेको छ । फिल्मको भोली बिहान साढे ११ बजे दरबारमार्ग स्थित होटल उडल्याण्डमा प्रेसमिट राखिएको छ ।