मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निफमा ताईवानको `भ्वाईसेस् इन द क्लाउड` सर्वोत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2012/07/16

गत बिहिबारबाट काठमाडौंमा जारी छैटौं नेपाल अर्न्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब (निफ) २०१२ आईतबारबाट सकिएको छ । महोत्सबमा सहभागी २० देशका ७९ फिल्म मध्ये ताईवानको बृत्तचित्र 'भ्वाईसेस् इन द क्लाउड' उत्कृष्ट भयो ।

 

आरोन निर्देशित ७७ मिनटको बृत्तचित्र 'भ्वाईसेस् इन द क्लाउड' ले उत्कृष्ट पुरस्कार बापत 'स्वर्ण ड्रम' जित्यो । एशियाली मुलुकका एक अमेरिकन मानिसले दिवँगत आमाको आत्मा र बंश खोज्न ताईवान गएको बेला उसले उजागर गरेको ताईवानी सँस्कृतिको आनौठा पक्षमा यो बृत्तचित्र आधारित थियो । यस्तै महोत्सबमा द्धितीय भने अष्ट्रेलियाको लघू फिल्म 'मामु' भयो । यसले दोस्रो पुरस्कार रजत ड्रम प्राप्त गर्‍यो ।


महोत्सबमा तेस्रो पुरस्कार भने क्यानेडियन फिल्म 'चिल बिरुद्ध भँगेरा' ले जित्यो । तृतीय भए बापत यो फिल्मले कास्य ड्रम प्राप्त गर्‍यो । माईकल डेरोजर निर्देशित यो फिल्ममा चक्रब्युह रच्ने चिल र धेरै जान्ने बन्न खोज्ने भँगेराको दौडको रोचकतालाई समेटिएको छ । यस्तै नेपाल बस्दै आएका युगान्डाका सिनेकर्मी डिदमान दिला निर्देशित बृत्तचित्र 'एक खुट्टे नाचको ध्वानी' ले यो महोत्सबमा जुरीको रोजाईको अवार्ड प्राप्त गर्‍यो ।  आफ्नो पीडादायी जीवन बिताएकी एक खुट्टे नेपाली युवतीले एक खुट्टाले गरेको नृत्यमा यो फिल्म आधारित थियो ।


महोत्सबको समापन तथा रेडकार्पेट सेरोमानी राजधानीको याक एण्ड यती होटलमा आईतबार अबेर साँझ गरिएको थियो । रेड कार्पेट सेरोमोनीमा यो वर्षको प्रोत्साहन अवार्ड भने सञ्चारकर्मी फुलमान बल निर्देशित लघू फिल्म 'सेलफोन' लाई प्रदान गरियो । तामाङ समुदायको एक युवाले मोवाईलको लोभमा आफ्नो बाबु बाजेले उपचारमा प्रयोग गर्दै आएको साधन 'ढ्याङ्ग्रो' बेचेको कथामा यो फिल्म आधारित थियो । ढ्याङ्ग्रो बेचेर मोवाईल किन्दा ढ्याङ्ग्रोको अभाबमा ती युवाको पिताले कालो शक्तिबाट भोग्नु परेको यातनामा यो फिल्म आधारित थियो । निर्देशक बलले प्रोत्साहन अवार्डसँगै २५ हजार रुपैयाँ पुस्कार पनि प्राप्त गरे ।


यस्तै यो महोत्सबमा नेपाल पानोरामा अवार्ड भने लुज सिंह निर्देशत बृत्तचित्र 'इम्प्रेसन अफ लुम्बिनी' ले प्राप्त गर्‍यो । लुम्बिनी नेपालकै हो भन्ने तथ्य बोकेको यो बृत्तचित्रबाट अवार्डसँगै निर्देशक सिंहले १५ हजार रुपैयाँ पनि प्राप्त गरे । महोत्सबमा १५ हजार रुपैयाँको राशी सहितको दर्शकको रोजाईको पुरस्कार भने रबी शेर्मा निर्देशित लिम्बु फिल्म 'केःवा कोक्कमा' (लाटो पहाड) ले प्राप्त गर्‍यो । यो फिल्मले दर्शकको सबै भन्दा बढी मत पाएको थियो । शिक्षामा पछि पर्दा लिम्बु समाजले भोग्नु परेको समस्यामा यो फिल्म आधारित थियो ।


निर्णायकमा नेपालका मनावशास्त्री डा. डम्बर चेम्जोङ, भारतीय सिनेकर्मी तथा प्राध्यापक रिता दत्त र अस्ट्रेलियन सिनेकर्मी एन्ड्रोई भियल थिए । महोत्सबलाई अर्को बर्षबाट अझ सभ्य र बिस्तृत तुल्याउने महोत्सब आयोजक सँस्था इन्डिजिनियस फिल्म अर्काईभका अध्यक्ष नविन सुब्बाले बताए । महोत्सब निर्देशक संयोजक लाफा मगरले यस पटकको महोत्सबमा झरीले दु:ख दिए पनि दर्शक र सञ्चारकर्मीले साथ दिएका कारण महोत्सब पूर्ण सफल भएको बताए ।