
अभिनयको सफलता पश्चात हिरो जीवन लुईटेल फिल्म प्रोडक्सनमा आउने तयारीमा जुटेका छन् । उनले निर्माण गर्ने फिल्ममा अनसिन प्रोड्यूसर अरु कति हुने हो त्यो पछि थाहा होला तर यो बर्षको अन्त्यसम्म मिस्टर लुईटेलले निर्माताको पनि ट्याग भिर्ने भएका छन् ।
सोमबार रिदम फिल्मको शुभ मुहुर्तमा उनले आफू प्रोडक्सनमा आउन लागेको रहस्य फिल्मीखबर समक्ष खोलेका हुन् । उनले आफ्नो पहिलो प्रोडक्सनको फिल्ममा निर्देशकको रुपमा गणेश देव पाण्डेलाई लिने पनि खुलाए । उनले भने, 'रस आवरमा पनि मालतीको भट्टीको मेकिङ जुन रुपले राम्रो बनाउने कोशिश गणेश जीले गर्नु भएको छ त्यसको मूल्याङ्कन गर्दै मैले उहाँलाई लिएर फिल्म निर्माण गर्ने सोच बनाएको हुँ ।' यस्तै जीवले प्रोडक्सनको केही बर्षे अनुभव पश्चात डाईरेक्सनमा पनि जम्प गर्ने बताए ।
एभिन्यूज टेलिभिजनमा न्यूज पढ्दा पढ्दै हिरो भएका लुईटेल पछिल्लो समय ब्यस्त रहने हिरोको सुचिमा अग्र पङिक्तमा छन् । उनका केही पाईप लाईन प्रोजेक्ट अझै बाँकी छन् । जाउँ हिड पोखराको सुटिङबाट फ्रि भएको डेढ हप्ता पश्चात उनी रिदममा ब्यस्त भएका हुन् । उनीद्धारा अभिनित मालतीको भट्टी अहिले देशभरिका अधिकांश हलमा सफलता पूर्वक रिलिज भईरहेको रिपोर्ट प्राप्त भएको छ । रिलिज भएको दिन देखि हिजो आईतबार सम्म सो फिल्मले ५६ लाख ग्रस मार्क गरेको निर्माता प्रदीप उदयको दावी छ ।